काठेखोलाको जीर्ण झोलुङ्गे पुलको अनेरास्ववियुद्वारा मर्मत


आदर्श अनलाइन, बागलुङ
सामाजिक सञ्जालमा चर्चा पाएको जीर्ण पुलको अस्थायी मर्मत गरिएको छ । काठेखोला–७ रेश र वडा नम्बर ८ लेखानी जोड्ने ढुङ्गे विसौनाको झोलुङ्गे पुल अनेरास्ववियु बागलुङले मर्मत गरेको हो ।

अनेरास्ववियुका बागलुङ जिल्ला संयोजक रोसन कुँवरको नेतृत्वमा गएको युवा समुहले अत्यन्तै जीर्ण रहेको झोलुङ्गे पुलको अस्थायी रुपमा बाँसको प्रयोग गरी मर्मत गरिएको छ ।

अनेरास्ववियुको विपद्मा साहरा, विभेदमा बिद्रोह कार्यक्रम अन्र्तगत जीण भएर सामाजिक सञ्जालमा चर्चामा पाएको उक्त पुलको मर्मत भएको अनेरास्ववियुका रोशन जिसीले जानकारी दिनुभयो । जीर्ण पुल पक्की बनाउने गरी बजेट समेत आइसकेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा भत्केको पुलमा जोखिम मोलेर विद्यार्थी खोला तर्दै गरेको दृश्य भाइरल भएलगत्तै अनेरास्ववियुले पुलको मर्मत गरेको हो भने वडा कार्यालयलाई पुलको संरचना परिवर्तन गर्न ध्यानआर्कषण समेत गरेको छ । पुल मर्मतमा अनेरास्ववियु बागलुङका संयोजक रोशन कुँवर रोशन जिसी, सुनिल पौडेल र राष्ट्रिय युवा संघ रेशका अध्यक्ष बुद्धि कार्की लगायको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *