निसीखोला–६ मा गणकको चरम लापरवाही, पुनः गणना गर्न स्थानीयको माग

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ मा जनगणनाका लागि खटिएका गणकहरुले लापरवाही गरेको भन्दै वडा नम्बर ५ र ६ का नागरिकहरुले पुनः गणना गर्न माग गरेका छन् । मंगलबार वडा नम्बर ५ र ६ का वडा अध्यक्षसहितको सर्वदलीय बैठकलले जनगणनामा खटिएका गणकले जनप्रतिनिधिसँग कुनै पनि समन्वय नगरि त्रुटीपूर्ण गणना गरेको भन्दै सच्याएर पुनः गणना गर्न माग गरेका हुन् ।

वडा नम्बर ६ को लुब्ली, सीप, हिसान, चुसिबाङ, तिग्रापानी लगायतका गाउँमा खटिएका गणकले गणना फर्म नभरी एकमुस्ट कापिमा डाटा संकलन गरेको खुलेको छ । त्यस ठाउँमा गणकका रुपमा खटिएकी चमेली घर्ती मगरले कापिमा टिपेर मात्रैपछि फर्ममा तथ्याङ्क भर्ने गरेको स्वीकार्नु भयो ।

उहाँले सुपरिवेक्षक हिरामति घर्ती मगरले गाउँमा क्रमैसँग गणना गर्न भनेको र सोही अनुसार गर्दा घरहरुमा मान्छे नभेटिएपछि क्रम मिलाउनका लागि कापिमा टेपेर फर्ममा सारेको बताउनुभयो ।
‘हाम्रो सुपरिवेक्षक मेडमले क्रमसँग गणना गर्न भन्नु भएको थियो, गाउँमा मन्छेहरु नभेटिएपछि फर्मको पाना खाली रहने हुँदा क्रम मिलाउनका लागि कापिमा टिपेर फर्म भरेको हुँ’ गणक घर्तीले भन्नुभयो । फर्मको सट्टा खाली कागजमा तथ्याङक भरेर टिपेर गणना गर्दा के सही गणना हुन सक्ला ? यस विषयमा प्रश्न उठेको छ ।

आफूहरुले कार्तिक २५, २६, २७ र २८ गतेसम्म उक्त क्षेत्रको २२२ घरमा गणना गरेको बताउनुभयो । केही नागरिकहरुले आफूहरुको गणना गर्न छुटेको गुनासो गरेको भन्दै उनीहरुको पनि गणना गर्ने बताउनुभयो । घर्तीले आफूहरुले गणना गरेको ठाउँका केही घरमा छुटेको स्वीकार गर्नु हुन्छ ।

गणकले यसरी छिटो सक्ने नाममा घर र बस्ती छुटाएपछि तथ्यपूर्ण गणना हुन नसक्ने वडा नम्बर ६ का विष्णु घर्ती मगरले बताउनुभयो । उहाँले आफ्नो घरमा गणक आएर कापिमा डाटा संकलन गरेको र आफूले फर्ममा भर्न आग्रह गर्दा हतार भएको भन्दै कापिमा टिपेर गएको बताउनुभयो ।

उहाँले यसरी गणना गर्दा आफूहरुको पहिचान, भाषा, धर्म र संस्कृति जनगणनामा समावेश नहुने चिन्ता व्यक्त गर्नु भयो । ‘गणकहरु आएर हतार–हतारमा कापिमा डाटा टिपर गए, मैले फर्ममा भर्ने होला नि भन्दा हतार छ, पछि फर्ममा भर्छौँ भन्दै गएका हुन्,’ घर्तीले भन्नुभयो ‘यसरी त कहाँ सही गणना हुन्छ ?, यसले त हाम्रो भाषा, धर्म, संस्कृति र पहिचानलाई नै गुमानम बनाइ दिन्छ, यस्तो पनि गणना हुन्छ, पुनः गणना हुनुपर्छ ।’

त्यस क्षेत्रमा खटिएकी सुपरिवेक्षक हिरामति घर्ती मगरले एक जनाको ठाउँमा चार जना आएर काम गर्नु भएको भन्दै मान्छे भेटिएको घरमा गणना गरेको र नभेटिएको घरमा गणनानै नगरेको हुँदा समस्या सिर्जना भएको बताउनुभयो । उहाँले काम छिटो सक्ने हिसाबले गणना गर्दा यस क्षेत्रमा केही घरहरुमा छुटेको हुन सक्ने बताउनुभयो । छुटेका घरमा पुनः गणना गर्ने बताउनुभयो ।

‘मैले धेरै पटक भनेको हो उहाँहरुलाई राम्रोसँग गर्नु भनेर, तर उहाँहरुले छिटो–छिटो गर्दा घरहरु छुटाउनु भएको छ, छिटो–छिटो गर्दा सत्य तथ्य ल्याउनु सकिदैन भनेको थिए,’ घर्तीले भन्नुभयो ‘उहाँहरुले त अहिले मेरो फोन पनि उठाउनु भएको छैन र संकलन गरेको डाटाहरु पनि ल्याउनु भएको छैन ।’

जिल्ला तथ्याङ्क कार्यालय बागलुङका प्रमुख मुकुन्द प्रसाद शर्माले त्यहाँ गणनामा खटिएकी चमेली घर्ती मगरले संकलन गरेको फर्मलाई हेरेर त्रुटि पत्ता लगाएउने बताउनुभयो । त्रुटिफेला परे उक्त स्थानमा पुनः गणना गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *