बागलुङका नवराज पौडेल एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्यमा मनोनित

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका बागलुङका नवराज पौडेल एमाले केन्द्रीय सल्लाहकार परिषदको सदस्य मनोनित हुनु भएको छ ।

नेकपा एमालेको बिहीवार सम्पन्न सचिवालय वैठकले पौडेललाई सल्लाहकार परिषद सदस्यमा मनोनित गरेको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो ।

गत स्थानीय तह निर्वाचनपछि कांग्रेस छोडेका पौडेल गत असारमा एमाले अध्यक्ष केपी ओलीको निवासमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्नु भएको थियो ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव समेत रहनु भएका पौडेललाई एमाले केन्द्रीय सदस्य सरहको सल्लाहकार परिषद सदस्य मनोनयन गरिएको हो ।

सचिवालय वैठकले विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका ४ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

जीवन गौतम, धर्मदत्त देवकोटा, बृजेश गुप्ता र अमृत राजवंशीलाई केन्द्रीय सदस्य मनोनयन गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *