सामाजिक सञ्जालले पारेको प्रभाव

कृषिता अधिकारी ( निशा)

आधुनिक जमाना, परिर्वतन र समाज विकसित भएसँगै इन्टरनेट माध्यमले नेपाली जनमानसमा फड्को मारिसकेको अवस्था छ । पुरानो अर्थात परम्परागत जमानामा चिठी र पत्रव्यवहारको माध्यमबाट सुचना आदान प्रदान गरिन्थ्यो, जहाँ एक ठाउँबाट अर्को ठाउँसम्म सूचना पुग्नलाई महिनौं लाग्थ्यो तर अहिले ईन्टरनेटको जमानाले मानिसलाई धेरै विकसित बनाइसकेको छ । किनकि सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर–मध्यस्थता प्रविधि हो ।

जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ । अर्कोतर्फ आज २१ औं शताब्दीमा आधुनिक प्रविधिको बिकास संग–संगै सामाजिक सञ्जालको प्रयोग पनि बढ्दै गइरहेको अवस्था छ । खासगरी सामाजिक सञ्जालको प्रयोग हाम्रो जीवनको एक अभिन्न हिस्सा बन्न पुगेको छ किनकि पछिल्लो समयमा सामाजिक सञ्जालविना सायदै कोहि मानिस बस्नै सक्दैन होला त्यसो त मानव जीवनको सुरुवात सङ्गै सिक्ने र सिकाउने प्रक्रिया जीवनपर्यन्त सम्मै हुन्छ । त्यसैले पनि सुचना प्रविधिको विकाससँगसँगै सामाजिक सञ्जालले विश्वलाई नैं एउटा सानो गाउँ बनाइ दिएको छ ।

जहाँ एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै विचार समाचार खबरहरु आदान प्रदान गर्न सकिन्छ अर्कोतर्फ को मान्छे कस्तो भयो उ कहाँ छ के गर्दैछ सबै कुराहरु ईन्टरनेट माध्यमबाट सजिलोसँग हेर्न सकिन्छ । साच्चै नै समयको क्रमसँग–सँगै सञ्चारका माध्यमहरू परिवर्तन हुँदै गए र विस्तारै विस्तारै यसमा विकास पनि हुँदै गएका छन ।

आज हरेक कुराहरु सजिलै र छिट्टै थाहा पाउन सक्ने भएका छौ कहाँ के घटना भयो तुरुन्तै थाहा पाउन सक्छौ किनकि इन्टरनेट माध्यम संसार हो । यसैमा राम्रो नराम्रो सबै कुरा पाउन सकिन्छ । किनकि समयक्रमसँगै सूचना सञ्चार प्रविधिको विकासले असम्भव लाग्ने धेरै कुरालाई पनि सम्भव बनाइ दिएको छ । हामीलाई चाहिने हरेक कुराहरु आज इन्टरनेट माध्यमको प्रयोगबाट सजिलोसँग प्राप्त गर्न सकिन्छ हो ।

जसमा यिनै मध्ये सामाजिक सञ्जाल पनि एक हो । सामाजिक सञ्जाल भनेको कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यम आज समयसङ्गै मानिसलाई जागरूक बनाउन, जानकारी दिने र लिने कार्यमा अग्रसर रहेको छ ।

सामाजिक सञ्जाल अन्तर्गत पर्ने फेसबुक सन २००४ फेब्रुअरीमा मार्क जुगरबर्गले फेसबूकको स्थापना गरेका हुन । तर खबर आदानप्रदान गर्ने थुप्रै माध्यम भएता पनि फेसबुक अहिले विश्वमै सबैभन्दा धेरैलोकप्रिय बनेको छ पछिल्लो समयमा मानिसहरुलेअत्यधिक मात्रामा प्रयोग गर्ने सञ्जाल नै फेसबुक बनेको छ । यसैको माध्यमबाट आज विश्वका जुनसुकै स्थानमा घटित घटनाहरू तत्कालै बाहिर आउन सकेका छन् भने हाम्रो समाजमा लुकेका विकृतीहरु पर्दाफास हुने जस्ता विषयहरु पनि यसैको माध्यमबाट सार्वजनिक हुने गरेका छन त्यसैले आज संसारमा फेसबूकको महत्त्वपूर्ण रहेको छ अवस्था छ ।

किनकि इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामान्यतया सामाजिक सञ्जाल भनिन्छ। जसमा सूचना दिने अनलाइन प्रविधिको एक सामूहिक रुप पनि हो । समय परिवर्तन र प्राविधिक विकास संगसंगै सबैको हात–हातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले गर्दा विश्वभरिनै जनसंख्याको ठूलो हिस्सा सूचना प्रणालीमा जोडिन सहज भएको छ ।

अर्कोतिर र सामाजिक सञ्जाल एउटा यस्तो महत्त्वपूर्ण इन्टरनेट माध्यम हो मिनेट सेकेन्डमै संसारमा कहाँ के भइरहेको छ सबै घटना खबर थाहा पाउन सकिन्छ यसकारण पहुँचका साथसाथै यसको प्रयोगको दायरा फरकिलो बन्दै गएको छ ।

त्यसैगरी पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग र यसका सन्दर्भमा विभिन्न टीका टिप्पणी, बहसहरु भइरहेको पाइन्छ । खासगरी यसको प्रयोग र विकासले समाजका राजनैतिक, सामाजिक लगायत विभिन्न आयाम र पक्षहरुमा सकारात्मक तथा नकारात्मक अवधारणा प्राप्त गर्न सकिन्छ । सामाजिक सञ्जालमा जोडिने माध्यमहरु जस्तै ः ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालको प्रयोग र पछिल्लो समयमा दुरुपयोग पनि अत्यधिक भइरहेको छ ।

यसले फाइदाको साथसाथै बेफाइदा पनि निम्त्याएको अवस्था छ कारण ट्वीटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा मन लागेको भावना व्यक्त गर्नेुका साथै छाडापन र गलत हर्कत गर्ने ठाउँ बनाइएको छ भने युट्युब र टिकटकजस्ता सञ्जालले आफ्नो प्रतिभा निखार्ने अवसर दिएको छ हुन त कतिपय अवस्था आफु भित्र लुकेर रहेका प्रतिभा देखाउने ठाउँ नहुदा वा भनौं अवसर नपाउदा टिकटक फेसबुक यूटुव माध्यम वनेका छन तर पछिल्लो समयमा भने सामाजिक सञ्जालको दूरुपयोग भएको पाइन्छ ।

यति मात्र होइन, इन्टरनेटको सहयोगले भ्वाइस र भिडियो कललाई सजिलो पारिदिएकाले देश–विदेशमा बसेका आफन्तसँग कुराकानी एवं सम्पर्क गर्न सजिलो पनि पारिदिएको छ । कतिसम्म भने सामाजिक सञ्जालकै भरपूर उपयोगका कारण दुर्गम क्षेत्रका दिदीबहिनी, दाजुभाइले आफ्नो जीवनशैलीमा व्यापक रुपमा सुधार गर्ने मौका समेत पाएको देखिन्छ ।

सकारात्मक हिसाबले भन्ने हो भने सामाजिक सञ्जाल राम्रो र महत्त्वपूर्ण ज्ञान वर्दक इन्टरनेट माध्यम हो किनकि हामीले यसबाट राम्रो सकारात्मक र ज्ञानका कुराहरु प्रशस्त पाउन सक्छौ किनकि आजको आधुनिक र विज्ञानको समयमा संसार यसैमा जोडिएको छ । अहिलेको समयमा सामाजिक सञ्जाल विश्वमा सञ्चारको प्रमुख माध्यम बनेको छ । भने सामाजिक सञ्जालले हामीलाई हाम्रा विचारहरू, विचारहरू, समाचारहरू, सूचनाहरू, र कागजातहरू इत्यादि साझा गर्न सक्षम बनाएको छ ।

तर यसको सहि सदुपयोग गर्न नजान्दा कतिपयले अवस्थामा प्रविधिको विकासको नाममा यसलाई मानव सभ्यताको अभिशाप बन्न पुगेको छ । साच्चिकै नै पछिल्लो समयमा विश्वभरि नै सामाजिक सञ्जालको लोकप्रियताका नेपाली समाजमा पन बढ्दो अवस्था रहेको छ जसकाकारण छोटो समयमा विभिन्न मुद्दाहरूमा होस, विभिन्न व्यक्तिहरूको विचार होस देशका कुना कन्दरामा रहेका विभिन्न समस्याहरु पनि भिडियो मार्फत हेर्न सकिन्छ ।

पछिल्लो समयमा हेर्ने हो भने विश्वमा करिब दुई अर्ब सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । प्रतिवेदन अनुसार १८ देखि ३० वर्ष उमेर समूहका ८० प्रतिशतभन्दा बढीले कम्तिमा एक प्रकारको सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पनि उल्लेख भएको छ ।

जहाँ हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधि भएकाले पनि यो अहिले मानिसको जीवनसाथी जस्तै बनेको छ । प्रायजसो व्यक्तिले करिब २० प्रतिशत समय फेसबुक टिकटकमै बिताउने गरेको पाइन्छ । जसका कारण अधिकांश मानिसमा यसको गहिरो प्रभाव परिरहेको छ यसकै कारणले कतिपय बालबालिकाहरु पढाइमा कमजोर भएका छन ईन्टरनेट गेमले मनोसामाजिक रोगको शिकार भएका छन भने सामाजिक सञ्जालको दुरुपयोगले ज्यान समेत गुमाएको पाइन्छ ।

त्यसैगरी मुख्यतया सामाजिक सञ्जालका फाइदाहरु यसप्रकार छनः–
– सूचना आदान प्रदान छिटाछरितो गर्न सकिने,
– घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने,
– महत्वपूर्ण कागजात, फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिने,
– कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने,
– घरमै बसेर खरिदबिक्री गर्न सकिने,
–आफ्ना विचार भावना राख्न सजिलो हुने,
– सारा विश्वलाई एउटै गाउँँमा ल्याउन सहयोग पुग्ने,
–अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने,
– व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने आदि रहेका छन । सकारात्मक हिसाबले सोच्ने हो भने सामाजिक सञ्जाल गलत होइन तर दुरुपयोग गर्ने हो भने यसका वेफाइदा पनि छन जस्तैः
– सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने,
– अरु प्रति नकारात्मक टिकाटिप्णी सेयर गन,
– सामाजलाइ हानी नोक्सानी गर्ने विषयबस्तु बढी शेयर गर्ने,
– अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने, सेयर गर्ने,
– नचिनेको व्यक्तिलाई जिस्क्याउने, अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्ने,
– समाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधन भन्दा मनोरन्जनको साधनको रुपमा प्रयोग गर्ने ,
– गलत समाचार सम्प्रषण गर्ने । यी र यस्ता गलत अनि भ्रामक समाचार अफवाह फैलिएका कारणले पनि पछिल्लो समयमा समाजमा विभिन्न खालका घटनाहरु घटिरहेका छन ।

तसर्थ ,सामाजिक सञ्जालमार्फत घटिरहने यी र यस्ता गैरकानुनी गतिविधिमा सामेल हुनेलाई कठोर दण्डको व्यवस्था गर्नुपर्छ। कतिपय अवस्थामा अनलाइनमा पोष्ट गर्ने, नियोजित तरिकाले कसैलाई आछेप लगाउने, अनावश्यक भिडियो पोष्ट गर्ने अनावश्यक व्यक्तिहरुलाई भाइरल गराएर समाजमा नकारात्मक भ्रम पैदा गर्ने, फेसबुक तथा ट्विटरमा व्यक्तिको मर्यादामा आँच आउनेजस्ता सामग्री पोस्ट गरेर, टिप्पणी गरेर पनि व्यक्ति तथा संस्थाको इज्जतमा दाग लगाउने प्रवृत्ति बढिरहेको छ । यस्ता गतिविधिहरुलाइ तुरुन्त बन्द गर्नुपर्छ । जसरी हिजोआज सामाजिक सञ्जालमा हामीले देखिरहेका नकारात्मक गतिविधि छाडा प्रवृत्तिहरु यूटुवबरहरुले उठान गर्ने विषयवस्तुहरुमा पनि ध्यान दिनु जरुरी छ । नकारात्मक तवरले पोष्ट गरिने कुनै पनि समाचार होस वा भिडियो गलत प्रवृत्तिका भएको देखिएमा वा पाइएमा कडा कानुनी सजायको हकदारसमेत बन्नुपर्छ यसतर्फ राज्य, नेपाल पत्रकार महासंघ अनलाइन मिडिया तथा साइबर व्यूरो पनि गम्भीर बन्नु आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *