बागलुङमा स्टाबेरी फलको व्यावसायिक उत्पादन

आदर्श अनलाइन, बागलुङ
बागलुङमा स्टाबेरी फलको व्यवसायिक उत्पादन थालिएको छ । गत वर्ष बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका ४९ वर्षीय चुडामणी छन्त्यालले परिक्षणका लागि लगाएको स्टाबेरी बेचेर रु. दुई लाख आम्दानी गर्नुभयो । उहाँले उत्पादन गरेको स्टाबेरी पोखरामा विक्रि भएको थियो ।

अहिले बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीका केदार आचार्यले आफ्ने आचार्य जैविक कृषि फर्ममा समेत पहिलोपटक स्टाबेरी फलको खेती थाल्नुभएको छ । पछिल्लो समय बागलुङमा छन्त्याल र आचार्यले स्टाबेरीको व्यवसायिक खेती थाल्नुभएको छ । चुडामणी छन्त्यालले बागलुङमा स्टाबेरी खेती गरेको खबर पाएपछि उहाँकै सल्लाहमा पहिलोपटक यस वर्ष एक हाइटेक टनेलमा स्टाबेरी खेती थालेको राङ्खानीका कृषक केदार आचार्यले बताउनुभयो ।

उहाँले गत वर्ष देखि बागलुङमा स्टाबेरीको व्यावसायिक खेती थालिएको बताउदै यो बागलुङ जिल्लाको लागि नयाँ फल रहेको बताउनुभयो । उहाँले आफूले परिक्षणका लागि लगाएको ३०० स्टाबेरीको बिरुवाले उत्पादन दिन थालेको जानकारी दिनुभयो ।

“पाँच वर्षदेखि कृषि कर्ममा तल्लिन छु, नयाँ–नयाँ फलफुल तथा तरकारीको परिक्षण उत्पादन समेत गर्दै आएको छु, यहाँ स्टाबेरीको राम्रो संभावना देखे, स्टाबेरी खेतीको विषयमा खोजी गर्दा तमानखोलामा यसको व्यावसायीक उत्पादन भएको पत्ता लगाएर आफूले समेत उक्त खेति यस वर्षदेखि थालेको हु” केदार आचार्यले भन्नुभयो “स्टाबेरी फल अन्य फलफूल भन्दा सजिलै उत्पादन गर्न सकिने र राम्रो मुल्य पाउने देखियो, अर्को वर्ष अझै वृहत तरिकाले उत्पादन गर्ने लक्ष्यमा छु ।”

आचार्यले नयाँ फल रहेको र विरुवा उत्पादनमा कुनै समस्या नभएकाले बजारीकरणको सदस्या नदेखिएकाले यसको व्यवसायिक उत्पादन आवश्यक रहेको बताउनुभयो । अहिले बागलुङ बजारको कौशी खेतीमा समेत स्टाबेरी लगाइएको पाइन्छ तर त्यो व्यावसायिक नभएर घरायसी प्रायोजनका लागि मात्रै भएको आचार्यले जानकारी दिनुभयो ।

आचार्यलका चार वटा प्लाष्टिक टनेलमा तरकारी खेती, सुन्तला खेती, स्टाबेरी खेती, गड्यौला खेती र १० रोपनी जग्गामा अलैची खेती गर्दै वार्षिक सात लाख आम्दानी गर्दै आउनुभएको छ । बैदेशिक रोजगारीबाट फर्केर कृषि कर्ममा लाग्नुभएका आचार्यले स्टाबेरी खेतीलाई प्रर्बद्धन गर्न थाल्नुभएको छ ।

यस्तै बागलुङ जिल्लाको दुर्गम पालिका तमानखोला गाउँपालिका–२ कटेरीका ४९ वर्षिया चुडामणी छन्त्यालले गाउँमा कृषि क्रान्ती नै ल्याउनुभएको छ । गाउँमा पहिलोपटक छन्तालले प्लाष्टिक टनेल हालेपछि अहिले गाउँभरी प्लाष्टिक टनेल रहेका छन् । पाँच वर्ष अघि मात्रै आफ्नो पुरानो गाउँ कटेरीमा फर्केर कृषि क्रान्तिमा लाग्नुभएका छन्त्यालले गत वर्ष उत्पादन गरेको स्टाबेरी पोखराको बजारमा विक्रि गरेको बताउनुभयो ।

“अहिले स्टाबेरीको क्रेज बढेको छ, पहिला स्टाबेरीको नामै थाहा नभएकाले स्टाबेरी खान थाले, बागलुङमा पहिलोपटक स्टाबेरीको व्यवसायिक उत्पादन गत वर्ष मैले ने थालेको हु, अहिले केदार आचार्यले थाल्नुभएको रहेछ” छन्त्यालले भन्नुभयो “गत वर्ष स्टाबेरी लगाएको प्लाष्टिक टनेलमा हिमपातका कारण केही क्षति भएपछि अहिले टनेल मर्मतमा लागेको छु, त्यसपछि पुन स्टाबेरी लगाउने उदेश्य छ ।” छन्त्यालले टमाटर फलाउने जग्गामा स्टाबेरी फलाउन सके धेरै गुना महङ्गोमा विक्रि गर्न सकिने अनुभव सुनाउनुभयो ।

छन्त्यालले जल्लामै पहिलोपटक विदेशी फलफूल स्टाबेरीको व्यवसायीक खेती थालेको कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कले देखाएको छ । लामो समय वैदेशिक रोजगारीमा जानुभएका छन्त्यालले विदेशी स्टाबेरी खेतीमा राम्रो संभावना देखेपछि काठमाण्डौ र पोखरामा व्यवसायीक खेती शुरु गर्नुभएको तर पछि आफ्नै गाउँले तानेर कटेरी ६ रोपनी जग्गामा व्यावसायीक तरकारी र स्टाबेरी खेती थालेको छन्त्यालको भनाई रहेको छ । स्टाबेरीको बजार मुल्य अहिले प्रति केजी रु. ५०० रहेको छ ।

लामो समयदेखि घरको कौशीमा स्टाबेरी खेती गर्दै आएको बागलुङ नगरपालिका–३ का घरधनी बम बहादुर खड्काले बताउनुभयो । उहाँले छतमै फलाएको काउली र बन्दा बिक्रि गरेपनि उत्पादन भएको स्टाबेरी परिवार र आफन्तले उपभोग गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *