विद्यार्थी कुटपिटपछि तनहुँको घिरिङ चन्द्रज्योती मावि तनावग्रस्त

आदर्श अनलाइन, पोखरा
तनहुँको घिरिङ गाउपालिकामा रहेको चन्द्रज्याती मावि तनावग्रस्त बनेको छ । विद्यालयका प्रध्यानाध्यापक प्रेम थापाले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई कुटपिट गरेपछि विद्यालयमा तनाव सिर्जना भएको हो ।

एसइइ पूर्व तयारी कक्षाका लागि होस्टलमा पढ्दै गरेका विद्यार्थीहरुलाई टेष्ट परिक्षामा उत्तर नजानेको भन्दै प्रध्यानााध्यापक थापाले ४२ जना विद्यार्थीलाई समुहिक रुपमा लौरीले कुटपिट गरेको विद्यार्थीको भनाई छ । विद्यार्थीहरु मध्ये पिटाइखाने भिमाद ४ बरण्डाडाका लिला माया आले गम्भीर घाइते भएपछि थप कुरा बाहिर आएको हो ।

घाइते विद्यार्थीको हाल बेलचौतारा स्थित जिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले विद्यार्थीका अभिभावकहरुले विद्यालय परिसरमा नाराबाजी गर्दै विद्यार्थी कुट्ने प्रध्यानाध्यापकलाई कारबाहीको माग गर्दै विरोध गरिरहेको र विद्यालय परिसर तनावग्रस्त बनेको हो ।

घाइते विद्यार्थीका अफन्त भने पिट्ने शिक्षकलाई कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय भिमादमा निबेदन दर्ता गराएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *