कांग्रेस एक ढिक्का भएर अघि बढेको छ : सभापती देउवा

आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापती देउवाले कांग्रेसमा पहिला जस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने बताउनुभयो ।

देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुँने बताउनुभयो । “नेपालको संविधानको कार्यान्वय र संघीयताको विषयमा छिटफुट गुनासो हुन्छ, त्यसलाई हामिले स्वभाविक मानेका छौं” सभापती देउवाले भन्नुभयो “तर अहिलेको संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शंका गर्न पर्दैन, नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाढी बढ्छौं ।”

देउवाले नेपाली कांग्रेसले पुन संगठित र थप मजुबद हुँदै जिल्ला सम्मेलनहरुको आयोजना गर्नु सुखद् पक्ष रहेको बताउनुभयो ।

नेपाली कांग्रेसले वडा देखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुँने बताउदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिनुभयो ।

उहाँले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गर्नुभयो । नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउदै राजनैतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुँने बताउनुभयो ।

देउवाले बागलुङमा नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गर्नुभएको थियो ।

सभापती देउवाले जिल्ला सम्मेलनको अवसरमा शहिद परिवार तथा जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताउनुभयो । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नु पर्ने बताउनुभयो ।

कांग्रेस जहिले पनि अनियमितता, भ्रष्टाचार र बेथितीका विरुद्धमा बोल्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

यस्तै: नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा केही समस्या अझै कायम रहेकोे बताउनुभएको छ ।

पूर्व गृहमन्त्री समेत रहनुभएका सिटौलाले संघीयतामा देश गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुँने बताउनुभयो । उहाँले भन्नुभयो–संविधानले परिकल्पना गरेको संघीयता अनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भुमिका खेल्नु पर्दछ । उहाँले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको बताउदै ठूलो पार्टी मात्रै नभएर सांगठनीक चुस्तता आवश्यक रहने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *