महोत्सवको आकर्षण स्थानीय उत्पादन


खेमराज गौतम, बागलुङ

पछिल्ला समय मेला र महोत्सवहरु आयातिक उत्पादन विक्रि वितरणमा प्रेरित भइरहेको सन्र्दभमा बुधबारदेखि बागलुङमा शुरु भएको बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई समेत प्राथमिकता दिइएको छ ।

महोत्सवको मुख्य मञ्च तर्फ स्थानीय उत्पादन (मेड इन बागलुङ) नाम दिइर स्टलहरुमा स्थानीय उत्पादन अल्लोका कपडा, नेपाली कागज, भाँगो, गुन्द्रक र सिस्नोको धुलो लगायतका उत्पादनहरु विक्रिका लागि राखिएको छ । कृषि ज्ञान केन्द्रको व्यवस्थापनमा स्थानीय उत्पादन र कृषि उपजको प्रर्दशनी समेतको व्यवस्था मिलाएको छ । उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने किसानलाई पुरस्कारको समेत व्यवस्था मिलाइएको छ ।

बागलुङको पहिचान दिने स्थानीय उत्पादनलाई विक्रि संगै प्रचार प्रसार गर्ने उद्देश्यले रुद्रताल सामाजिक उद्यमी महिला सहकारी जैमिनी नगरपालिका–३ दमेकले मकै, भटमास, आलु चिप्स, काँकोको गुन्द्रक, सिस्नोको पाउडर, मंसिरे सिमि र भाँगो बिक्रि गर्नका लागि महोत्सवमा आएको सहकारीका अध्यक्ष चित्रा छन्त्यालले बताउनुभयो ।

“नगरपालिकाको सहयोग र कृषि ज्ञान केन्द्रको सहयोगमा आलु चिप्स, सिस्नोको पाउडर र गुन्द्रुकको ब्राण्ड बनाएर बिक्रिका लागि महोत्सवमा आएका छौं, बिक्रि भन्दा हेर्नेको भीड छ कम्तिमा प्रचार–प्रासर होस भन्ने हाम्रो चाहना छ” छन्त्यालले भन्नुभयो “महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर स्टल उपलव्ध गराएको मा धन्वयाद दिन चाहान्छौं, अहिले धेरैले सिस्नोको पाउडर र बाँकोको गुन्द्रक बढी बिक्रि भइरहेको छ ।” अध्यक्ष छन्त्यालका अनुसार सहकारी मार्फत स्थानीय उत्पादनको बजारीकरण गर्दा दमेकका महिलाहरुलाई आय आर्जनमा सहयोग पुग्ने छ ।

यस्तै महोत्सवमा ताराखोला गाउँपालिकामा उत्पादित सेतो च्याउ, रातो च्याउ, अल्लोको कपडा, धागो, नेपाली हाते कागज, आलु, मकै र सिल्टमुर लगायतका बस्तुलाई महोत्सवको स्टलमा राखिएको छ । ताराखोल गाउँपालिकाको ताराखोला उद्यम विकास अन्र्तगत ताराखोलामा उत्पादन भएको अर्गानिक बस्तुले महोत्सव मार्फत बजारीकरण गर्न बागलुङ बजार आएको ताराखोला गाउँपालिका उदम विकास सहजकर्ता निरु घर्तीले बताउनुभयो ।

बागलुङको ताराखोलामा पाइने स्लेट ढुङ्गाको समेत प्रदर्शनी भइरहेको घर्तीको भनाई छ । “कतिपयलाई ताराखोलाको स्थानीय उत्पादनको जानकारी नै नभएर बजार नपाएको हुनसक्छ, महोत्सवमा विक्रि संगै प्रचार प्रसार मुख्य कुरा हो, महोत्सवमा प्रर्दशनीमा राखिएका स्थानीय उत्पादनहरुको बजारीकरणमा सहयोग पुग्नेछ, आगमी नौ दिनमा स्थानीय उत्पादनको विक्रि राम्रो हुँनेछ भन्नेमा आशावादी छौं” घर्तीले भन्नुभयो “मसख्य स्टल नै स्थानीय उत्पादनको भएकाले धेरैले चासो दिएर खरिद गर्ने र स्थानीय उत्पादनको विषयमा जानकारी लिने स्थानीयको भीड नै लागेको छ ।”

महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको महत्व बढाउन सहज हुँने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउदै बागलुङको भागो, गुन्द्रक र रातो च्याउलाई नेपालभर चिनाउन आवश्यक रहेको कँडेलको भनाई छ । महोत्सवमा १२० भन्दा बढी स्टल रहेका छन् भने रु. १० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।
महोत्सवमा ७ लाख दर्शक भित्रिने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *