माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफलाई

रोहन जि.सी, बागलुङ

बागलुङ जिल्लाका माध्यमिक विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल प्रथम स्थान हासिल गरेको छ ।

सातौं बागलुङ महोत्सवमा आयोजित माध्यमिक विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल प्रथम, अमर आदर्श आवासिय माध्यमिक विद्यालय दोस्रो तथा फ्युचर ब्राइटर माध्यमिक विद्यालय र विद्यामन्दिर माध्यमिक विद्यालय तृतीय भएका छन् ।

प्रतियोगितामा सहभागी बागलुङ जिल्लाका विभिन्न निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीले संस्कृति, भेषभुषाको जगेर्ना गर्ने सन्देश दिनका लागि झांक्री तथा पारम्पारिक नृत्य प्रस्तुत गरेका थिए ।

विजेता विद्यालयहरुलाई बागलुङ महोत्सवको समापन समारोहमा पुरस्कार वितरण गरिने छ । पुरस्कार अन्तर्गत प्रथम, द्धितिय र तृतीय हुने विद्यालयहरुले क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ प्राप्त गर्ने महोत्सवका नृत्य संयोजक एन्जिल शाक्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *