पोखरा, काठमाण्डौ र नारायणगढ सम्म पुग्छ सिगानाको सुन्तला


खेमराज गौतम, बागलुङ

बागलुङको धेरै सुन्तला उत्पालन हुँने सिगाना, बिहुँ लगायतका स्थानमा अहिले सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यस पटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत विक्रि भइरहेको छ ।

यस वर्ष सिगानामा राम्रो सुन्तला फलेपनि समग्र जिल्लाको तथ्याङ्क हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ । औसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

सिगानाका बम बहादुर खड्काले यस वर्ष रु. चार लाखको सुन्तला बिक्रि गर्नुभयो । उहाँ मात्रै हैन राम प्रसाद गौतम, राधा खड्का, टोप बहादुर खत्री र शिव कुमार खड्का लगायतको सुन्तला चितवन, धादिङ, काठमाण्डौ, पोखरा र नारायणगढमा पुगेको छ ।

धादिङ, काठमाण्डौ, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले किसान संग सुन्तलाको मोलमोलाई गर्न व्यस्त रहेका छन् । सिगानाका शिक्षक शिव कुमार खड्काले यस वर्ष रु. एक लाख ५० को सुन्तला विक्रि गरेको बताउदै सिगानामा एक लाख देखि ५ लाख सम्म सुन्तला बिक्रि गर्ने किसानहरु तीन दर्जन रहेको बताउनुहुन्छ ।

“शिक्षक पेशा भएकाले धेरै ठूलो सुन्तला बगान छैन तर सिगानाको बेसी देखि बास्बोट सम्ममा अधिकांश किसानको सुन्तला आम्दानकीको मुख्य स्रोत हो” खड्काले भन्नुभयो “सिगानको समग्रमा एक लाख देखि पाँच लाख सम्म सुन्तला विक्रि गर्ने किसानहरु ४० जना होलान, अन्य किसानले समेत ५० देखि एक लाख सम्मको सुन्तला बिक्रि गरेकै हुन्छन् ।”

सिगानाका राम प्रसाद गौतम, अनन्त बहादुर खड्काले सुन्तला बिक्रिबाट पाँच÷पाँच लाख भित्राउनुभएको छ । खड्काका अनुसार श्री गणेश कृषि सहकारी मार्फत सुन्तला उत्पादन तथा विक्रिको तथ्याङ्क राख्ने काममा लागेको बताउनुभयो ।

सिगानाको सुन्तला फागुनमा विक्रि गर्ने गरी कोल्ड स्टोरमा समेत राख्ने तयारी भइरहेको छ । कृषि सहकारीको कोल्ड स्टोरमा राखिएको सुन्तला फागुन चैतमा दोब्बर बढी मुल्यमा बिक्रि हुँने गर्दछन् ।

“शुरु–शुरुमा वडाले तथ्याङ्क राख्ने गरेको थियो, अहिले वडाले ध्यान नदिदा सहकारी मार्फत सुन्तला उत्पादन र बिक्रिको विवरण राख्न थालिएको छ, यस वर्ष तीन करोड ५० लाख सम्मको सुन्तला सिगानाबाट निकासी हुँने लक्ष्य राखिएको छ, ५० प्रतिशत सुन्तला बोटमै रहेका छन्” उहाँले भन्नुभयो “सहकारीमार्फत सुन्तला बजारीकरणमा सहयोग गरिएको छ, पोखरा सम्म पुग्ने सिगानाको सुन्तलाको माग बढ्दै धादिङ, काठमाण्डौ देखि नारायणगढ सम्मका व्यापारीहरु सिगाना आएर बोट बाटै सुन्तला खरिद गरेको पाइएको छ ।

यस वर्ष सिगानाका राधा खड्काले रु.चार लाख, टोप बहादुर खत्री साढे तीन लाखमा बगैचानै व्यापारीलाई दिएका छन् । सिगानाको राम बहादुर खड्का र टोप बहादुर खड्का लगायतको ठूलो सुन्तलाको बगैचा अझै विक्रि गर्न बाँकी नै रहेको छ ।

सिगानाको सुन्तला अन्य स्तानको भन्दा ठूलो दाना र गुलियो भएकाले महङ्गो मुल्य तिरेरै भएपनि सिगानाको सुन्तला खरिद गर्न व्यापारीहरु आउने गरेको यस वर्ष चितवनका व्यापारीलाई रु. पाँच लाखमा आफ्नो सुन्तला विक्रि गरेका अनन्त खड्काले जानकारी दिनुभयो । चिवनको सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला यस पटक सिगानाको सुन्तला चितवन आयात गरिरहनुभएको छ ।

सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुग्नुभएको हो । सुन्तला गाउँका रुपमा परिचित सिगानाका झण्डै एक सय किसानले सुन्तला फलाउदै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *