गैरआवासीय नेपाली तारा–सिजन ४ ले पायो ५ फाइनलिस्ट

आदर्श अनलाइन, दोहा
‘गैरआवासीय नेपाली तारा–२०२३ कतार (सिजन ४) ले फाइनलिष्ट पाएको छ । गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न तेस्रो चरणको छनोटबाट गायन र नृत्य विधाबाट पाँच–पाँच जना फाइनलिष्ट छनिएका हुन ।

गायन विधाबाट पुग्नेमा दीपक कुमार घले, इशान रेग्मी, सुजन गुरुङ, मानसिङ परियार र रुस्तम तामाङ तथा नृत्य विधाबाट जुनु माया कुमाल, सरोज लामा, निरु श्रेष्ठ, झरना राई र सौजन चहार फानलमा स्थान बनाउन सफल भएका छन ।

तेस्रो चरणको छनोटमा दोस्रो चरण बाट छनोट भएका १७ जना गायन बिधा र १० जना नृत्य बिधाका प्रतिस्पर्धीले जजहरुले दिएको गितमा आफ्नो प्रस्तुति दिएका थिए। तेस्रो चरणको छनोटको अतिथि निर्णायक रहनुभएका गायक तथा संगीतकार प्रभात त्रिपाठीले प्रतिभा प्रस्फोटन गर्ने अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिदै प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको बचाउन लागेकोमा कलाकारहरुको प्रशंसा गर्नुभएको थियो ।



कार्यक्रममा एनसीसी कतारका अध्यक्ष रमेश भट्टले फाइनलमा स्थान बनाउन सफल प्रतियोगिलाई बधाई व्यक्त गर्दे प्रतिस्पर्धामा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । अध्यक्ष भट्टले प्रतियोगिता भएकोले प्रवाधिक रुपमा कोही अगि बढने र कोही पछि छुटने भन्दै जजहरुको निर्णयलाई सकारात्मक रूपमा लिएर थप मेहनत र अनुशासित भएर निरन्तर लाग्न अनुरोध गर्नुभयो । साथै उहाले एनसीसी कतार सदैव कतारमा रहेका प्रतिभाहरुलाई प्राथमिकता दिने भन्दै प्रतियोगिता बाट प्राविधिक रुपमा बाहिरएका प्रतिभाहरुला एनसीसीका विभिन्न सास्कृतिक कार्यक्रममा अवसर प्रदान गर्ने बताउनुभयो ।



एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन)ले सहजीकरण गरेको कार्यक्रममा पर्यवेक्षको तर्फबाट बुधबल गुरुङ र क्रान्ति सिंहले कार्यक्रम अवधिभर रहेर आयोजक, निर्णयक तथा प्रतियोगीलाई विभिन्न सुझाव राख्नुभएको थियो ।  प्रतियोगिताको तेस्रो चरण सम्म गायन विधातर्फको निर्णयकमा वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक रहनुभएको छ र भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगर निर्णायक हुनुहुन्छ ।

‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ आयोजना गरिएको गैरआवासीय नेपाली तारा- ४को बिजेताले नगद रु १ लाख एकासी हजार प्राप्त गर्नेछन् । गायन बिधाको विजेतालाई नै गैरआवासीय नेपाली तारा- ४ घोषणा गरिने छ । यस्तै नृत्य विधाका विजेताले भने नगद रु १ लाख पचास हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् ।  प्रतियोगिताको उपविजेताले नगद रु पचहत्तर हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कार्यक्रमबाट भएको बचतको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने आयोजक सस्थाले घोषणा गरेका छन । प्रतियोगिताको ग्रान्ड फिनाले २ फेब्रुअरी २०२४ मा हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *