औषधीय प्रयोगका लागि गाँजा खेतीलाई वैद्यता दिइने छ : मुख्यमन्त्री पाण्डे


आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजामा रहेको औषधीय गुणको प्रयोगका लागि गाँजा खेती गर्न बैधानिकता दिनेगरी ऐन ल्याउने तयारी भैरहेका बताउनुभएको छ ।
आज तेस्रो जैमिनी महोत्सवको उद्घाटन पछि बोल्दै उहाँले आउँदो हिउँदे अधिबेशनले गण्डकी प्रदेशमा गाँजा खेतीलाई बैधानीकता दिने बताउनुभएको छ ।

गण्डकी प्रदेशको आम्दानीको मुख्य स्रोत बनाउन सकिने गाँजाको खेतीका लागि कानूनी अड्चन रहेको भन्दै पाण्डेले गण्डकी प्रदेश सरकारले बैधानिकता दिन खोजेको बताउनुभयो । आयुर्वेदीक औषधि बनाउन गाँजाको प्रयोग अनिवार्य भएको भन्दै पाण्डेले यसको दुरुपयोग रोक्ने चुनौती सरकारलाई रहेको बताउनुभएको छ ।
बागलुङको जैमिनी नगरपालिका, मुकाम कुश्मीशेरा बजारमा सोमबारदेखि सुरु भएको तेस्रो जैमिनी महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गाउँमा रोजगारी सिर्जना नहुँदा बसाईसराई बढेको बताउनुभयो । गाउँमा पूर्वाधार पुग्ने तर गाउँ पलायन हुनेक्रम नरोकिएको बताउनुभयो ।
“हिजो हामिले गाउँमा बिकास भएन, त्यसैले बसाईसराई छ भन्यौं, तर गाउँमा विकास पुग्दा पनि बसाईसराई रोकिएन्” पाण्डेले भन्नुभयोे “बसाईसराईको मुख्य कारक रोजगारी हो, गाउँमा रोजगारी सिर्जना नभएसम्म यो क्रम रोकिन्न ।” स्रोत साधन र बिकासको चाहनाका बीचमा तारतम्य नमिलेका कारण जनचाहना अनुसार बिकासका का मगर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वतावरण मन्त्री दिपेन्द्र बहादुर थापा, सांसदहरु कुशुम बुढा मगर, चम्पादेवी खड्का, डिल्लिराम सुवेदी र लिल बहादुर थापा लगायतले बोल्नुभएको थियो । महोत्सव सहारा क्लव कुश्मीशेराले आयोजना गरेको हो । क्लवका अध्यक्ष सुरेश सुनारको अध्यक्षता, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको स्वागत, सचिव डिल्लि प्रसाद पौडेल र नविन प्रताव जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *