विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि युएस एकेडेमीलाई, स्मृति कपको फाइनलमा संकल्प र गुठी

रोहन जि.सी, बागलुङ

बागलुङमा पुस २७ गतेदेखी संचालित प्रथम स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र र गुठी युनाइटेड ए प्रवेश गरेका छन् ।

बागलुङ एकता क्लबको आयोजनामा संचालन भएको प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा गुठी युनाइटेड बी लाई पराजित गर्दै संकल्प पुर्नस्थापना केन्द्र र दोस्रो सेमिफाइनल खेलमा कालिपुल युनाईटेड क्लवलाई पराजित गर्दै गुठी युनाइटेड ए फाइनल प्रवेश गरेका हुन् ।

संकल्प पुर्नस्थापना केन्द्रले गुठी युनाइटेड क्लव बी लाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो । गुठी युनाइटेड ए ले पनि कालिपुल युनाइटेडलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । फाइनल खेल माघ २ गते मंगलवार दिउँसो १ बजे हुने बागलुङ एकता क्लबका कार्यक्रम संयोजक स्वदेश बुढाथोकीले जानकारी दिनुभयो ।

त्यसैगरी बागलुङ एकता क्लबले माघे संक्रान्तीको अवसरमा अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । उक्त नृत्य प्रतियोगितामा युर्निभसल सबलाइम एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । विजेता विद्यालयलाई प्रतियोगिताको समापन समारोहमा नगद सहित पुरस्कृत गरिने छ । प्रतियोगितामा चिल्ड्रेन लाईफ इंग्लिस बोर्डिङ स्कुल, अमर आदर्श बोर्डिङ स्कुल, न्यु ओएसिस एकेडेमीलाई पनि नगद सहित पुरस्कृत हुने क्लबका अध्यक्ष इन्सान थापाले बताउनुभयो ।

‘खेलकुदको पहिचान एकताको अभियान’ भन्ने नाराका साथ बागलुङ नगरपालिका वडा नम्बर १ मा रहेको बाङ्गेचौर खेल मैदानमा संचालित प्रथम स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो ।

बागलुङ एकता क्लबका पूर्व सदस्यहरु स्वर्गिय आशिष खत्री, स्वर्गिय रविन पुन, स्वर्गिय सुनिल पुन, स्वर्गिय जित घर्ति, स्वर्गिय विवेक श्रेष्ठ, स्वर्गिय शुसिल जिसी, स्वर्गिय सुनिल केसी, स्वर्गिय क्षितिज श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको विजेता टोलीले ६६ हजार ६ सय ६६, मेडल, ट्रफी र प्रमाण पत्र तथा दोस्रो टोलीले ३३ हजार ३ सय ३३, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने क्लबका कोषाध्यक्ष विदुर खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *