२६ वर्षदेखि लोकमार्गको धुलो खाइरहेका स्थानीय आन्दोलनमा

आदर्श अनलाइन, बागलुङ
२०५४ सालमै बाटो आउदा हर्षित बनेका बागलुङको बिहुँका स्थानीय अहिले आन्दोलनमा छन् । २६ वर्ष अघि अन्य स्थानमा सडक नपुग्दै बाटो आउन थालेका स्थानीयहरु सात वर्ष यता कालोपत्र सडकको पर्खाइमा छन् ।

एसियाली विकास बैंकको सहयोगमा खनिएको सडक राज्यले मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनामा समावेश गरेर राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिमार्जन गर्दा खुसी बनेका स्थानीय अहिले भने दुखी मात्रै हैन आर्कोशित बनेका छन् । छिटो निर्माण भएको सडक कालोपत्रमा ढिलाई भएपछि आन्दोलनको बिकल्प नभइएको स्थानीय डिल प्रसाद कँडेलले बताउनुभयो ।

“२६ वर्ष भयो धुलो खान थालेको, सडक खनेको १९ वर्षमा कालोपत्रको ठेक्का लाग्यो, ढिलैभएपनि सडक कालोपत्र हुने भयो भनेर आशावादी भएका थियौं, तर आशा निराशामा पुग्यो, हाम्रा लागि राज्य रहेनछ” कँडेलले भन्नुभयो “दुई वर्षमा कालोपत्र गर्ने भनेको ठेक्का सात वर्षमा हुँदैन, हामी निरिह भइयो, खान पस्केको थालमै धुलोले भिरन्छ, माघ २१ गते देखि अनिश्चत कालका लागि सडक बन्द गर्ने छौं, अहिले दैनिक धर्ना कार्यक्रम गरिरहेका छौं ।”

बिहुँको किम्बोट, कोपिला घुम्ती, पोखरा लगायतका स्थानीयको घर सडकबाट उडेको धुलोले ढाकिएको कँडेलले बताउनुभयो । २०५० सालमा बागलुङ बजारमा मोट आयो । २०५४ सालमै अहिलेको मध्यपहाडी लोकमार्ग अन्तरर्गत बागलुङ बजार देखि बुर्तिवाङ सम्मको ट्रयाक खोलिएको थियो ।

“धूलोका कारण हाम्रो आयु नै छोटो हुनेभयो, सडकको धुलो सडक माथी र तलका घरमा पुगेर बस्न खानै दिएन, ठेकेदारले वर्षोसम्म काम नगर्ने राज्यले ठेकेदारलाई संरक्षण गर्ने काम भएको छ, अहिले उपल्लो बिहुँ घोडाबाँधेको खण्डको ठेक्का रद्द भएर पुन ठेक्का गर्न नसकेको अवस्था र अछेते बिहुँ खण्डको सडकमा ठेकेदारले चार पटक म्याद थप्दा समेतक ा मगर्न नसकी म्याद सकिएको अवस्था रहेको छ” कँडेलले भन्नुभयो ।

घोडाबाँधे देखि वुर्तिवाङ हुँदै निसीखोला सम्म कालोपत्र भइसक्दा बिहुँमा किन कालोपत्र भएन भन्ने हाम्रो प्रश्न राज्यलाई भएको २०५४ सालमै खाद्यन्नका लागि रोजागरी भन्ने नारासहित गैची र बेल्चाले खनेको सडक अझै कालोपत्र हुन सकेको छैन ।

बागलुङको मध्यपहाडी लोकमार्ग हुँदै गलकोट तर्फ जादै गरेको सवारी साधनहरुलाई एक हप्तादेखि रोकेर माग सम्बोधन नभए माघ २१ गते देखि सवारीसाधन बन्द रहेको जानकारी गराउदै धर्ना कार्यक्रम गर्दै आएको काठेखोला गाउँपालिका–६ का वडा अध्यक्ष वृहस्पती शर्माले जानकारी दिनुभयो ।

“एक हप्ता देखि ठाउँ–ठाउँमा हाम्रो माग सहितको ब्यानर टाँसेका छौं, कालोपत्रमा ढिलाई किन भनेर, धर्नाको कार्यक्रम चलिरहेको छ, सडकमै धर्ना गरेका बिहुँका स्थानीयहरुलाई काठेखोला गाउँपालिकाका जनप्रतिनिधिले सघाउने छौं” शर्माले भन्नुभयो “गाउँपालिकामा समेत भनेका छौं, गाउँसभाबाट समेत सडक कालोपत्रका लागि दबाद दिने निर्णय भएको छ, गाउँपालिका अध्यक्ष राजु थापाको नेतृत्वमा मुख्यमन्त्रीलाई भेटेरर काठमाण्डौमा जान बुधबार पोखरा जानुभएको छ ।”

गत शनिबार राती बागलुङ बजारदेखि गलकोट नगरपालिका तर्फ जादै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्थानीयले बाटोमै रोकेपछि मुख्यमन्त्रीले १७ गते मन्त्रालयमा छलफल गर्न बोलाउनुभएको थियो ।

ठेक्का सम्झौता भएको सात वर्ष सम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै यहाँका स्थानीयहरु आर्कोशति भएर २१ गते सम्म केही समन्वय नभए सडकमै सुत्ने बताउदै आएका छन् । अहिले सवारीसानधलाई रोकेर मागको अवगत गराउदै २१ गतेबाट सडक बन्द रहेको जानकारी दिइरहेका छन् ।

विकास निर्माणको चरम लापरबाही मध्यपहाडी राजमार्गको बागलुङ सदरमुकाम खण्डमा देखेपछि यहाँका स्थानीयहरु निरन्तर आन्दोलित बन्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ ।

१२ किलोमिटर सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुन ठेक्का आव्हान गर्ने तयारीमा आयोजना रहेपनि ढिलाईभएको भन्दै स्थानीयहरु आर्कोसित बनेका हुन् । उनिहरुले तल्लो खण्डमा काम हुनुपर्ने र उपल्लो खण्डमा ठेक्का लगाउनुपर्ने माग राख्दै आएका हुन् ।

बिहुँ खण्डको १२ किमि सडक कालोपत्रको ठेक्का रद्द गरेर पुन ठेक्काका लागि आयोजनाले दुई महिना अघिनै काम थालेपनि अर्थमन्त्रालयमा फाइल रोकिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङमा पर्ने १४२ किलोमिटर मध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्रे सम्पन्न हुन सकिरहेको छैन भने अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रकृयामा छ ।

समस्या ग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौर देखि घोडाबाँधे सम्मको २५ किमि सडकको जिम्मा पाएको दुई निर्माण कम्पनी मध्ये बिहुँ खण्डको कम्पनीसंग दुई महिना अघि ठेक्का सम्झौता रद्द गरिएको थियो । बागलुङको उपल्लाचौर देखि १३ किलोमिटर पहिलो खण्डको ठेक्का सम्झौता मिति सकिएको छ भने घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसंगको ठेक्का सम्झौता रद्द भइसकेको छ ।

रद्द भएपछि पुन ठेक्का लागि अर्थमन्त्रालयमा पठाइएपनि ढिलाएको मध्यपहाडी पुपलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *