दुई महिनामा १२ हजारले गरे शालग्राम संग्रहालयको अवलोकन

डम्मर बुढा मगर, बागलुङ
शिरमा पञ्चकोट । नजिकै पवित्र कालीगण्डकी र बागलुङ कालिका मन्दिर । बागलुङ बजार केही पर छ शालग्राम संग्रहालय । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको शालग्राम संग्रहालय पछिल्लो समय नेपालीसँगै भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा सुरुङ निर्माण गरेर सवा लाख शालग्राम संग्रहित गरिएको छ । जसले धार्मिक पर्यटकलाई आकर्षित गरि रहेको छ ।

शालग्रामलाई हिन्दु धर्मवालम्बीहरुले भगवानका रुपमा पुज्ने गर्दछन् । सवा लाख शालग्रामसँगै रंगवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरमा हिजोआज भक्तजनहरुको भिड लाग्ने गर्छ । बागलुङ–म्याग्दी–मुस्ताङ सडक छेउमै रहेको शालग्राम संग्रहालयमा मुस्ताङको मुक्तिनाथ पुग्ने तिर्थालुहरुसमेत पुग्न थालेका छन् ।

नजिकै रहेको पञ्चकोट र बागलुङ कालिकाले संग्रहालयलाई जाडेको छ । पञ्चकोटमा आउने अधिकांश पर्यटक संग्रहालयमा पुग्ने गर्छन् । संग्रहालयमा शालग्राम मात्रै राखिएको छैन । सुरुङ भित्र कालिगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणी धामसम्मको आकृति एकै ठाउँमा बनाइएको छ । जसले धेरैलाई आकर्षित गरि रहेको छ ।

शालग्राम संग्रहालय वरपर बनेका मन्दिर र त्यहाँ बनेका अनेक प्रकारका आकृतिले धेरैलाई लोभ्याउने गरेको छ । बागलुङ बजारदेखि करिब तीन किलोमिटर पश्चिममा रहको संग्रहालय गाडीमा पाँच मिनेट र पैदल यात्रामा १५ मिनेट लाग्छ । पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै पर्यटकको चहपलह निकै बढेको छ ।

पछिल्लो दुई महिनामा करिब १२ हजार भारतीय तथा नेपाली पर्यटकले शालग्राम संग्रहालयको अवलोकन गरेको शालग्राम संग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनुभयो । उहाँले फागुन ९ देखि २३ गतेसम्म पञ्चकोटमा अनन्त श्री ब्राह्माण्डीय महायज्ञ लागेको र यस अवसरमा धेरै झक्तजनले संग्रहालयको अवलोकन गरेको उहाँको भनाइ छ ।

ऋषि प्रपन्नाचार्यका अनुसार यहाँ मन्दिर, संग्रहालय लगायतका संरचना निर्माण गर्न १० करोड बढी लगानी भएको छ । चाडपर्व र बिदाको समय धेरै पर्यटक आउने गरेको उहाँले बताउनुभयो । पहिले मुक्तिनाथ जाने भारतीय पर्यटक निकै कम आउने गरेको सुनाउँदै अहिले दैनिक आउने गरेको ऋषि प्रपन्नाचार्य बताउनुहुन्छ ।

“हरेक वर्ष यहाँ आउने पर्यटकको संख्या बढ्दै गएको छ, धेरै संरचना बने तर प्रचारप्रसार कम भएको थियो, अहिले प्रचार पनि व्यापक भयो, संचारमाध्यममा जताततै प्रचार भएपछि घुम्न आउनेको संख्या निकै बढेको छ, गत आर्थिक वर्षमा एक लाख बढी पर्यटकले शालग्रामको अवलोकन गरेका थिए, माघ अन्तिम सातादेखि आलसम्म दुई महिनाको अवधीमा १२ पर्यटकले संग्रहालयको अवलोकन गरेका छन्” ऋषि प्रपन्नाचार्यले भन्नुभयो – “पहिले मुक्तिनाथ जाने पर्यटक कम आउँथे, अहिले यही बाटो भएर यात्रा गर्ने हुँदा धेरै आउन थालेका छन्, अझै धेरै पर्यटक भित्राउने उद्देश्य राखेका छौँ, यहाँ अझै धेरै संरचना बन्दै छन्, केही वर्षपछि यो ठाउँमा दैनिक हजारौँ पर्यटकको भिड लाग्ने छ ।”

शालग्राम संग्रहालय वरपर रंगविंंकटेश्वर मुक्तिनारायण मन्दिरसहित मुक्तिनाथ वेद विद्याश्रम पाठशालासमेत संचालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शनसमेत गर्न पाउँछन् । पछिल्लो समय पशुपति, जनकपुृर, लुम्बिनी र मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन र पर्यटकले शालग्राम संग्रहालयलाई प्राथमिकतामा पारेका हुन् ।

भारतको हरिद्वारबाट भ्रमणमा आउनु भएका रामविलास दासीले एकै ठाउँमा सवा लाख भगवानको दर्शन गर्न पाएको बताउनुभयो । संसार घुम्दा भट्याउन नसकिने भगवान शालग्राम संग्रहालयमा भेट्न सकिने उहाँको भनाइ छ । यसभन्दा पहिला बागलुङ कालिकामा आएर पूजाआज गरेको सुनाउँदै संग्रहालयमा आउन नपाएको सुनाउनुभयो । ३२ जनाको टोली धार्मिक भ्रमणमा रहेको सुनाउँदै पोखराको विन्ध्यवासिनी, म्याग्दीको गलेश्वर, मुक्तिना, बागलुङ कालिका, पञ्चकोट र शालग्रामको दर्शन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “यो ठाउँमा यसरी शालग्राम भगवान हुनुहुन्छ भन्ने पहिला मलाई थाहा थिएन, पहिला पनि आएको थिए बागलुङमा, अहिले दर्शन गर्ने मौका मिल्यो, यो ठाउँ साँच्चिकै पवित्र ठाउँ रहेछ, हाम्रो टिममा बत्तिस जना छ, सबैले अवलोकन ग¥यौँ, यहाँको अवलोनले मनमा शान्ति मिलेको छ, यहाँबाट मुक्तिान पुग्न पनि धेरै समय लाग्दो रहेनछ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *