चिल्ड्रेन लाइफ बोर्डिङद्वारा पुरस्कार वितरण

रोहन जि.सी, बागलुङ

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल बागलुङले पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले समयको गति र विश्वमा आएको परिवर्तन अनुसार शिक्षामा सुधार गर्नुपर्ने बताउनुभयो । आत्मनिर्भर शिक्षाका लागि विद्यालयहरुले पहल गर्नुपर्ने सुझाव दिँदै खड्काले पछिल्लो समय जागिर खानका लागि मात्रै विदेश जाने पद्दतीभन्दा उत्पादनको क्षेत्रमा लाग्ने जनशक्ति चाहिएको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका माध्यमिक तहका उत्कुष्ट विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अन्य संस्थाले आयोजना गरेको बाह्रय कार्यक्रम तथा प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रदर्शनी गर्ने विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

पछिल्लो २ महिना यता सम्पन्न भएको प्रेस चौतारी कप, तेस्रो चिल्ड्रेन लाइफ कप, अञ्चल स्तरीय हाजिरीजवाफ प्रतियोगिता, नृत्य, वक्तृत्वकला लगायतका १६ भन्दा बढि अतिरिक्त प्रतियोगितामा सहभागि भई विजेता, उपविजेता हुने विद्यार्थीलाई पृरस्कृत गरिएको थियो ।

कार्यक्रम चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रधानध्यापक नवराज श्रेष्ठको अध्यक्षता, शिक्षक विपना शाहीको स्वागत र शिक्षक शिव के.सी र सुरेश सुनारको संचालनमा सम्पन्न भएको थियो ।

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको छ । विद्यार्थीको सिकाई उपलब्धीमा सिर्जनशील तरिकाले विद्यार्थीलाई व्यवहार, अनुशासन, समसामयिक विषयवस्तुमा पनि विशेष ध्यानपुर्वक पढाइने गर्दछ ।

हालसम्म चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा १६०० जना भन्दा बढी विद्यार्थी र १५० जना भन्दा बढी शिक्षक र कर्मचारी रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका शिक्षक जीवन रोका क्षेत्रीले जानकारी दिनुभयो । अहिले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *