लालीगुराँससँग रम्ने पर्यटकले बागलुङको माथिल्लो क्षेत्रमा चहलपहल

डम्मर बुढा मगर, बागलुङ
बसन्त ऋतु सुरु भएसँगै बोट बिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वज जंगलमा अनेक थरिका फूलफूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेका छन् । सिलता प्रदान गर्ने सिरसिर हावा र मनलाई आनन्दित तुल्याउने चराचुरुङ्गीको आवाजले आगन्तुकलाई निम्तो दिराखेका छन् । बढ्दो गर्मीका कारण तल्लो क्षेत्रबाट घुमफिरका लागि पहाड घुम्न उक्लने पनि बढ्दै छन् । पछिल्लो केही दिन यता बागलुङको पर्यटकीय क्षेत्र बेलढुङ्गा, पातीहाल्ने, सोलेडाँडा लगायतका क्षेत्रमा गुम्न आउनेको चहलपहल बढेको छ । लामो समयको खडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनै भरी फूलेका छन् ।

जसले पर्यटकलाई आकर्षित गरि रहेको छ । वनै भरी फूलेका गुराँससँग रम्न तल्लो क्षेत्रबाट लेक उक्लने बढि रहेका छन् । बागलुङ, रोल्पा र रुकुमको सिमानामा रहेको पातीहाल्ने, तथा बागलुङ र म्याग्दीको सिमानामा रहेको सोलेडाँडा र बेलढुङ्गामा दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले पुग्ने यि क्षेत्रमा यो बेला अझ बढी आएको स्थानीय बताउँछन् । सडक सञ्जालले गर्दा सहज रुपमा पुग्न सकिने र ति स्थनामा पुगेपछि सितलासँगै रमाइलो हुँने हुँदा धेरैको रोजाईमा जंगल क्षेत्रका पर्यटकीय स्थल रोजाइमा परेका हुन् । पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ भने सोलेडाँडा र बेलढुङ्गा दुवै जिल्लाबाट सडक पुगेको छ । जसले पर्यटकलाई सहज बनाई दिएको छ । कतिपय गाडी लिएर त कतिपय पैदल यात्रामार्फत यहाँ घुम्न आउने गरेका छन् ।

यस वर्ष यि तीन वटै पर्यटकी क्षेत्रमा पुस माघमा हिउँ परेको थियो । पुस र माघ महिनामा हिउँ खेल्न नपाएका पर्यटकहरु यतिबेला गुराँस फूलसँग रमिरहेका छन् । पातीहाल्ने र सोलेडाँडा बुर्तिबाङ बजार नजिक पर्छ भने बेलढुङ्गा बागलुङ बजार नजिकै छ । बजारबाट गाडीमा एक÷डेढ घण्टामै पुग्न सकिने हुँदा धेरै पर्यटक पुग्ने गरेका छन् । निसीखोला गाउँपालिका–६ का ओमबहादुर बुढा मगरले कार्तिक महिनापछि पातीहाल्ने गुम्न आउनेको संख्या कम भएको भन्दै गुँरास फुल्न थालेपछि बढेको बताउनुभयो । माघ महिनामा हिउँ पर्दा एकै दिन पाँच सय बढी पर्यटक आउने गरेको भन्दै त्यसपछि चैत पहिलो सातादेखि बढेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – “पहिला–पहिला यहाँ चोरबास, पातीहाल्ने र रिगताल क्षेत्रमा धेरै गुराँस फुल्ने गथ्र्यो तर कोही पनि घुम्न आउँदैनथे, अहिले मोटरबाटोले गर्दा होला मान्छे नआएको दिनै छैन, दिनदिनै गाडी लिएर घुम्न आउँछन्, घण्टौँसम्म यहीँका डाँडापाखासँग रमाएर जान्छे, हामीहरुलाई पनि नौलो लाग्यो, पहिले हामीहरुले गाईबाख्रा चराउने, घाँस दाउरा गर्ने ठाउँमा अहिले मान्छेहरु आउँदै गुराँस टिप्ने फोटो खिच्ने र रमाउने गर्छन्, यस वर्ष हिउँ परेर होला पहिलेको तुलनामा कम फुलेको छ गुराँस ।”

पातीहाल्ने समुन्द्रि सतहदेखि तीन हजार दुई सयको उचाईमा छ भने सोलेडाँडा दुई हजार ६३० मिटरको उचाइमा छ । बेलढुङ्गा दुई हजार ६०० को उचाईमा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेका यी पर्यटकीय क्षेत्रमा अन्य समयमा पनि पर्यटक आउने गर्छन् । सोलेडाँडामा बागलुङ र म्याग्दीबाट बढी पर्यटक आउने गरेको स्थानीय रेमबहादुर विकले बताउनुभयो । सोलेडाँडा वरपर लालिगुराँस फुलेर राताम्य बनेको उहाँको भनाइ छ । बिदाको दिन सबैभन्दा बढी पर्यटक आउने गरेको उहाँको भनाइ छ ।

“हाम्रो पालामा गुराँस फुल्दा त्यत्ति महत्व दिँदैनथ्यौँ, अहिले त घुम्न आउने मान्छेको भिड लाग्छ, रुखमा चढेर फोटो खिच्छन्, भिडियो बनाउँछन्, साँझ फर्कने बेला टिपेर पनि लैजाने गर्छन्, शनिबारको दिन धेरै आउँछन्” उहाँले भन्नुभयो – “मान्छेहरु धेरै घुम्न रुचाउन थाले, पाँच÷सात वर्ष पहिले यो ठाउँ सुनसान थियो, अहिले निकै चलहलपहल बढ्यो, लालीगुराँसले पनि पर्यटकलाई आकर्षित ग¥यो, हामी गाउँका मान्छेलाई त्यत्ति महत्व लाग्दैन ।”

पहाडमा भन्दा तराई क्षेत्रमा अझ बढी गर्मी छ । गर्मी छल्न र लालीगुराँससँग रमाउनका लागि कपिलवस्तुबाट एक साता बिदा लिएर घुम्न आएको विकास गौडेलले बताउनुभयो । १३ वर्ष अगाडि अर्घाखाँचीबाट बसाइँसराइ गरि कपिलवस्तु गएको सुनाउँदै यो समयमा पहाडमा गुराँस फुल्ने हुँदा १० जनाको समुह भएर घुम्न आएको बताउनुभयो । दुई दिन अर्घाखाँचीमा बिताएको भन्दै तेस्रो दिन मध्यपहाडी लोकमार्ग हुँदै पातीहाल्ने पुगेको सुनाउनुभयो । पातीहाल्ने क्षेत्रमा फुलेको लालीगुराँसले आफूहरुलाई लोभ्याएको उहाँको भनाइ छ ।

गौडेलले भन्नुभयो – “यो बेला पहाडमा यात्रा गर्न निकै रमाइलो हुन्छ, वनपाखामा रङ्गीचङ्गी फूलहरु फुलेका हुन्छन्, तराईमा जस्तो गर्मी हुँदैन, सिरसिर हावा चलि राख्दा गर्मी याम अवधिभर यतै बसौँ जस्तो लाग्छ, खर्बाङदेखि लोकमार्ग हुँदै आएका हौँ, निसीखोलाको माथि–माथि त निकै धेरै गुराँस फुलेका रहेछन्, रातमा पनि यति बसौँ बसौँ भयो, अब गलकोटको टेउवामा रहेको मूर्तिकला अवलोकन गरे फर्किने योजना छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *