साविक अञ्चल स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि पर्वतको नमुना आवासीय मा.विलाई

रोहन जि.सी, बागलुङ

धौलागिरी बहुमुखी क्याम्पस अन्तर्गतको बिबिए संकायमा गठित बिबिए गुणस्तर समूहको आयोजनामा आयोजित साविक धौलागिरी अञ्चल स्तरीय व्यवस्थापन संकायमा आधारित हाजिरीजवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

हाजिरीजवाफ प्रतियोगितामा पर्वतको नमुना आवासीय माध्यमिक विद्यालय प्रथम, बागलुङको चिल्ड्रेन लाइफ इङग्लिस बोर्डिङ स्कुल द्वितीय र न्यू ओएसिस एकेडेमी तृतीय भएका छन् ।

उक्त प्रतियोगितामा विजेता, उपविजेताले क्रमशः नगद १५ हजार, ट्रफी र प्रमाण पत्र, नगद १० हजार, ट्रफी र प्रमाण पत्र, नगद ५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको धौलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य गणेश आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै धौलागिरी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा दिन बहादुर थापाले राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा १२ को परिक्षा अर्थात एसएलसी परिक्षा नजिकिदै गर्दा उक्त हाजिरीजवाफ प्रतियोगिताको आयोजनाले विद्यार्थीको अध्ययनमा सहयोग पुगेकोमा जोड दिनुभयो ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा राम प्रसाद उपाध्याय, बैङ्कर्स बागलुङका अध्यक्ष तथा कार्यक्रमका प्रायोजक ग्लोबल आईएमई बैंक बागलुङ शाखाका प्रमुख हेमराज शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा व्यवस्थापन संकायतर्फ कक्षा १२ मा आधारित पाठ्यक्रम सहित सामान्य ज्ञान, समसामायिक, नेपाली, सामाजिक, अङ्ग्रेजी, अर्थशास्त्र, लेखाशास्त्र, अडियो/भिडीयो र र्यापिड फायर राउण्ड गरी ९ विधामा प्रश्न सोधिएको क्याम्पसका बिबिए कार्यक्रम संयोजक जोहन ब्रजाचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा साविक धौलागिरी अञ्चल भित्रका पर्वत, बागलुङ बाट ९ विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रम बिबिए गुणस्तर समूहका अध्यक्ष नारायणदत्त खरालको अध्यक्षता, सचिव दिपसागर सुवेदीको सञ्चालन तथा कोषाध्यक्ष विरेन्द्र सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *