एमालेमा हार्ने छुट छैन : मुख्यमन्त्री अधिकारी


खेमराज गौतम, बागलुङ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताउनुभएको छ ।

नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य समेत रहनुभएका मुख्यमन्त्री अधिकारीले गण्डकी सरकार मध्यवधीमा नजाने धारणा व्यक्त गर्नुभयो ।

उहाँले गण्डकी सरकारलाई मध्यवधीमा पु¥याउन केही दल लागि परेको शंकेत गर्दै मुख्यमन्त्री अधिकारीले गण्डकी सरकार मध्यवधीमा जान नहुने बताउनुभयो ।

“राजनीतिमा घच्च पच्च हुन्छ, केही राम्रा कामको शुरवात गर्दै गर्दा मुख्यमन्त्री गयो, अहिले फेरी मुख्यमन्त्री भएको छु, अबको कार्यकाल एमालेकै नेतृत्वमा गण्डकी सरकार चल्नेछ, मध्यवधीमा जान दिदैनौं, गइहाले निर्वाचनबाट एकल बहुमत लिएर आउछौं” मुख्यमन्त्री अधिकारीले भन्नुभयो “मध्यवधीमा जान नुहने हाम्रो धारण छ गइहाले साथीहरुले पानी खान पाउदैनन्, जनताले एकल बहुमत एमालेलाई दिएर पठाउछन्, तपाइहरु ढुक्क हुनुहोस् अबको गण्डकी प्रदेश सरकारको कार्यकाल एमालेकै नै नेतृत्व हुन्छ ।”

गण्डकी प्रदेश सरकारले संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्को नेतृत्वमा निर्माण गरेको पहिलो पञ्चवर्षीय योजनाको केही राम्रा कामलाई गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा राखेर कार्यान्वयनमा लैजान थालेको उहाँको भनाई छ ।

अहिले देशमा सामाजिक र राजनैतिक अराजकता बढेको बताउदै मुख्यमन्त्री अधिकारीले देशलाई नयाँ गति दिनका लागि नयाँ समिकरण निर्माण गरेको बताउनुभयो ।

एमालेले आगमी चुनावलाई मिसनका रुपमा लिएको बातउदै एमालेको पक्षमा जनलहर आइरहेको बातउनुभयो । उहाले आगमी २०८४ सालमा एमालेको बहुमत आएपनि विचार मिल्ने राजनैतिक दलसंग सहकार्य गरेर अगाढी बढ्ने धारणा व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *