बागलुङ एमालेको अधिवेशन रौनकता तस्विरमा हेर्नुहोस


तस्विर खेमराज गौतम
नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्र शुरु भएको छ । बागलुङ बजारको जोजोलोपा पार्टी प्यालेसमा भएको उद्घाटन सत्रमा एमालेका केन्द्र, प्रदेश, जिल्ला र पालिकाका नेता कार्यकर्ता जम्मा भएका छन् ।



अधिवेशनका उद्घाटन सत्रमा एमालेका नेता कार्यकर्तामा उत्साह छाएको छ । जिल्ला अधिवेशनका लागि चुनिएर आएका ६३७ प्रतिनिधिले सभाहल भरिएको छ । सभालह वरपर पार्टीका सुभेच्छुकहरुको भीड लागेको छ ।


१० औ जिल्ला अधिवेशन नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्नुभएको छ ।
अधिवेशनबाटबाट नयाँ नेतृत्व चयन हुने छ । अधिवेशनमा एमाले उपाध्यक्ष सहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सचिव गोकर्ण विष्ट, एमालेका पोलिटव्युरो सदस्य एवंम् पुर्वमन्त्री जगत विश्वकर्मा लगायतका केन्द्रिय नेता सहभागी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *