यि हुन् एमाले बागलुङ हाक्नेहरु (विवरण सहित)


आदर्श अनलाइन, बागलुङ
नेकपा (एमाले) बागलुङले यस पटक सर्वसम्मत नेतृत्व पाएको छ । चैत २९ र ३० गते सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधीकारीमा पुरानै अनुहार दोहोरिएका छन् ।

१० औं जिल्ला अधिवेशनबात हिरा केसी दोस्रो कार्यकालका लागि सर्वसमत निर्वाचित हुनुभएको एमाले १० औं जिल्ला अधिवशेन निर्वाचन संयोजक डा. डिल्लिराज गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष हुनुभएको छ ।

एमाले बागलुङको उपाध्यक्षमा समेत विष्णु भुषाल सर्वसम्मत हुनुभएको छ । भुषालको एकल उम्मेदवारी परेपछि सर्वसम्मत हुनुभएको हो । यस अघि सचिव रहनुभएका भुषाल ९ औं जिल्ला अधिवेशनमा समेत सर्वसम्मत हुनुभएको थियो ।

सचिवमा गणेश थापा निर्वाचित हुनुभएको छ । सचिवमा तीनजनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेपनि शर्मा र खड्काले उम्मेदवारी फिर्ता गरेपछि सर्वसम्मत भएको छ ।

उपसचिवमा पनि सर्वसम्मत रुपमा धन बहादुर परियार र करमती पुन चयन हुनुभएको छ । पदाधीकारीमा सर्वसम्मत भएपछि ९९ जना जिल्ला कमिटिनै सर्वसम्मत भएको छ ।
हेर्नुहोस जिल्ला कमिटि सदस्य

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *