एमाले पर्वतमा गोविन्द पहाडी सहितको प्यानल बिजयी


आदर्श अनलाइन, पर्वत
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले उहाँका प्रतिद्धन्द्धी पदमपाणी शर्मालाई १२१ मतको अन्तरले पराजित गनुभएको छ ।
पहाडीको पक्षमा दुई सय ४८ मत आउँदा शर्मालाई एक सय २७ मत प्राप्त भएको छ ।

अध्यक्षसहित पाँच सदस्यीय पदाधिकारीमा पहाडी पक्षका उम्मेदवारहरुले जीत हात पारेका छन् ।
उपाध्यक्षमा विमल लामिछानेले प्रतिस्पर्धी मिन प्रसाद श्रेष्ठलाई ६९ मतले पराजित गर्नुभएको छ । लामिछानेको पक्षमा दुई १७ मत आउँदा श्रेष्ठको पक्षमा एक सय ४८ मत परेको छ ।

सचिवमा सुवासचन्द्र पौडेलले शिव प्रसाद पौडेललाई १६ मतले पराजित गर्नुभएको छ । सुवासको पक्षमा एक सय ८८ मत आउँदा शिवको पक्षमा एक सय ७२ मत खस्यो । उपसचिव पदमा चण्डी प्रसाद भुर्तेलले जीवन विक्रम उचैलाई १६ मतले नै पराजित गर्नुभएको छ । भुर्तेलले एक सय ८८ मत पाउँदा उचैले एक सय ७२ मत पाउनुभएको छ ।

यस्तै, महिला उपसचिवमा विन्दु अधिकारीले सरिता भण्डारीलाई ७१ मतको अन्तरमा पराजित गर्नुभयो । अधिकारीले दुई सय १६ मत पाउँदा भण्डारीले एक सय ४५ मत पाउनुभयो ।
एमाले पर्वतको १० औँ अधिवेशन गत मंगलबारदेखि सुरु भएको थियो । सुरुबाट नै सहमतिका लागि नेताहरूबीच कुरा हुँदै आएको भएपनि सर्वसम्मतको सम्भावना नदेखिएपछि निर्वाचनमा गएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *