बागलुङमा अवैध औषधी बेच्ने दुई मेडिकल बन्द

आदर्श अनलाइन, बागलुङ
बागलुङमा अवैध रुपमा औषधी बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधी विभाग काठमाडौँले शुक्रबार अनुगमन गर्दा अवैधानीक रुपमा औषधी विक्री वितरण गर्ने धौलाश्री मेडिकल हल र बुद्ध डेण्टल होम बन्द गरेको हो ।

अनुगमनको क्रममा औषधी व्यवस्था विभागमा दर्ता नभएका, जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने औषधी बेचबिखन गरेको पाइएपछि दुई वटा मेडिकल बन्द गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका नायव सुब्बा रामप्रसाद उपाध्यायले बताउनुभयो ।

सम्बन्धीत व्यवसायीको अनुपस्थितीमा गैर व्यक्तिले अनाधिकृत रुपमा उपचार गरि औषधी विक्री वितरण गरेको, विभागमा दर्ता नभएका औषधी भण्डारण गरी विक्री वितरण गरेको, लागु मनोद्धिपक औषधीको रेकर्ड नराखेको पाइएपछि औषधी जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा देखिएका कमजोरीका विषयमा तीा दिनभित्र औषधी व्यवस्था विभागमा सम्बन्धीत व्यवसायीलाई कारण सहित उपस्थित हुन लिखित रुपमा अनुरोध गरिएको उपाध्यायले बताउनु भयो ।

अनुगमनका क्रममा अस्पताल रोडको बुद्द डेन्टल होम पनि बन्द गरिएको छ । डेन्टल होम सञ्चालनका लागि आवश्यक पर्ने कागजपत्र फेला नपरेको र सञ्चालकसमेत फेला नपरेकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएर डेन्टल होम बन्द गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *