पर्यटक बोलाउन ‘ब्लु हिल’मा पूर्वाधार

आदर्श अनलाइन, बागलुङ

चारैतीर हरीयाली वन । आँखै अगाडीका हिमश्रङ्खलासँगै देखिने बागलुङ बजार । डोएको उक्त पहाड पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गौरवको योजना कार्यान्वयनमा लागि रहेको छ । नगरपालिकाले डोयलाई नगरपालिका स्तरीय गौरवको योजनामा समावेश गरी पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिसकेको छ ।

बागलुङ नगरपालिका–९ तित्याङको मनोरम प्राकृतिक शौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामाकरण गरेर चालु आर्थिक वर्षबाट पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेको छ । नगरपालिकाले डोयलाई ब्लु हिल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गरेर ब्लु हिल नामाकरण गरेको हो ।

उक्त ब्लु हिलमा पर्यटकीय पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले रु. ७० लाख बजेट बिनियोजन गरेको छ । ब्लु हिलमा बनभोज स्थल, ध्यान केन्द्र, दृश्यअवलोकन स्थल, शौचालय, जीम हल, मन्दिर, पार्किङ लगायतका पूर्वाधार निर्माण सम्पन्न गर्न रु. २४ करोड ५६ लाख २२ हजार लागत अनुमान गरिएको छ । हरीयाली डाँडालाई ब्लु हिलको रुपमा पूर्वाधार निर्माणले निरन्तरता पाउने छ भने त्यहाँ आन्तरिक पर्यटकहरु पु¥याउदै लैजाने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा ब्लु हिल पर्यटकीय गन्तव्यको लागि रु. ७० लाख बजेट अन्र्तगत अहिले जग्गा चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने लगायतको काम धमाधम थालिएको उहाँको भनाई छ ।

“नगरपालिका भित्रको अत्यन्तै पर्यटकीय संभावना बोकेको डोय निकै हरीयाली छ, आँख अगाडी हिमाल र बागलुङ बजार देखिन सकिने छ प्रकृति र धर्मलाई संगै जोडेर पर्यटक भित्राउने हाम्रो योजना हो” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आर्कषित गर्नेगरी नामाकरण समेत गरेका छौं, मौसम खुलेको समयमा यहाँ आउने जो कोहीले हरीयालीका बीच दृश्याअवलोकन गर्न सक्नेछन्, नगरपालिकाले दीर्घकालिन योजना कार्यान्वयन गर्ने सन्र्दभमा डिपिआर सहित पूर्वाधार निर्माणमा जुटेका छौं ।”

समुन्दी सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा रहेको उक्त डोयको डाँडा ब्लु हिल नामाकरण भएसंगै पर्यटकहरु दृश्याअवलोकनका लागि त्यहाँ पुग्न थालिसकेका छन् । डाँडामा पर्यटकीय पूर्वाधार निर्माण शुरु भइसकेपछि त्यहाँ पुग्ने सडक सहितका अन्य पूर्वाधार विस्तारै निर्माण गर्दै जाने नगरपालिकाको अपेक्षा रहेको छ ।

बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. ७० लाख बजेटले डोयमा पहिलो पटक फागुन देखि पर्यटकीय पूर्वाधार निर्माण गर्न शुरु गरिएको छ । हाल सम्म जग्गा व्यवस्थापनमा रु. २० लाख खर्च भइसकेको छ भने पक्की पर्खाल लागाउने र शिव मन्दिर निर्माणको काम भइसकेको बागलुङ नगरपालिका–९ तित्याङका वडा अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उहाँले निलो पहाडका रुपमा रहेको उक्त डोयको डाँडालाई पर्यटकीय गन्तव्य बनाउन ठूला पूर्वाधार निर्माणको काम थालिएको बताउनुभयो ।

“यो आफैमा प्राकृतिक भ्यू टावरका रुपमा रहेको डाँडा हो, बागलुङ बजार सहित दर्जनौं हिमऋङ्खला देख्न सकिन्छ, यसलाई अंग्रेजीमा नामाकरण गरेर सबैमा स्मरणीय बनाउन सकेमा पर्यटकको कमी हुँदैन, यहाँ आउने सडक स्तरीय हुँन आवश्यक छ” थापाले भन्नुभयो “डोयको डाँडालाई ब्लु हिल बनाउछु भन्दा नागरिकले विस्वासै गरेका थिएनन्, अहिले लाखौंको पूर्वाधार बन्न थालेपछि स्थानीय खुसी भएका छन्, यो दीर्घकालिन योजना हो पर्यटकहरु आउदै गर्छन्, पूर्वाधारहरु बन्दै गर्छन्, डिपिआर अनुसार पूर्णता पाउन झण्डै ८ वर्ष लाग्ला, सबै संरचना पूर्ण बनाउन रु. २४ करोड खर्च लाग्नेछ ।”

डिपिआर अनुसार शिव मन्दिर सहित शौचालय, खानेपानी, ध्यान केन्द्र, जीम हल, विश्राम स्थल, व्यापारीक सटर, पार्कीङ र गेट लगायतका पूर्वाधार निर्माण गरिनेछ । ब्लु हिललाई पर्यटकीय गन्तव्य बनाउन थालेपछि सडक समेत मर्मत संभार गर्न थालिएको छ । अहिले ब्लु हिल पुग्नका लागि बागलुङ बजार हुँदै सडक कालोपत्रका लागि आवश्यक अध्ययन भइरहेको छ ।

पहिलो चरणमा जग्गा व्यवस्थापन, पर्खाल र मन्दिर निर्माणको काम थालिएको छ । नगरपालिकाले आवश्यक बजेटका लागि संघ र प्रदेश संग समेत साझेदारी गर्न सकिने नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । ब्लु हिल बाट धौलागिरि, माछापुच्छ्रे, निलगिरी अन्नपूर्ण सहितका दर्जन हिमालहरु देख्न सकिन्छ । यहाँ आउने पर्यटकहरुलाई लक्षित गरी घरबास समेत सञ्चालनमा ल्याउने स्थानीयको योजना रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *