उद्योगग्राम मार्फत रेशमा प्राङ्गारिक मल उत्पादन


खेमराज गौतम, बागलुङ
जिल्लाका १० पालिका मध्ये उद्योग ग्राम स्थापनामा काठेखोला अघि छ । एक पालिका एक उद्योग ग्राम सञ्चालन गर्ने सरकारको योजना रहेपनि बागलुङका केही पालिकाले जग्गा समेत व्यवस्थापन गर्न नसकेको अवस्था छ ।

तर जिल्लाको काठेखोला गाउँपालिकाले उद्योगग्राम मात्रै बनाएको छैन, उद्योगग्राम मार्फत पहिलोपटक प्राङ्गारिक मल उत्पादन गर्न थालिसकेको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा रहेको औधोगिक ग्राममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जोडेर औधोगिकग्राम मार्फत पहिलोपटक प्राङ्गारिक मल बनाउन थालेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

“प्रधानमन्त्री रोजगरका कार्यक्रम मार्फत एक दर्जन युवाले जंगलमा खेर गइरहेको पात, पतिङ्गर र झाडी फाडेर संकलन गरी पराङ्गारिक मल बनाउन थालिएको छ, पहिलो चरण्मा दुई हजार ५०० केजी प्राङ्गारिक मल बनाउन थालिएको हो, उक्त मललाई रेशकै चिया बगानमा प्रयोग गरिने र चियाको उत्पादन बढाउने योजना छ” वडा अध्यक्ष लामिछानेले भन्नुभयो “प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि खटिएका रोजगारदाताले जंगलको झाडी र पतिङ्गर संकलन गरेर औधोगिक ग्राममा संकलन गरिएको र कृषि प्राविधिकको सल्लाहमा प्राङ्गारिक मल बनाउनका लागि प्लाष्टिकको ठूला थैलोमा प्याकिङ गरिसकेको र आगमी दुई देखि तीन महिना भित्र प्राङ्गारिक मल तयार भइसक्नेछ ।”

प्राङ्गारिक मल उत्पादनमा रेश वडा कार्यालयले प्राविधिक सहयोग गरेको छ भने जनशक्ति प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परिचालन गरिएको हो । आधौगिक ग्राममा पहिलो उद्योगका रुपमा प्राङ्गारिक मल उद्योग खोल्ने तयारी अन्र्तगत परिक्षणका लागि मल उत्पादन गर्न शुरु गरिएको छ ।

उद्योग ग्राममा आवश्यक टहरा निर्माण, सडक पु¥याउने, बिद्युतीकरण गर्ने लगायतका काम गत वर्षनै सम्पन्न भएका थिए । गाउँमा खेर गइरहेको पतिङ्गरलाई मल बनाउन सकिने भएपनि आयातित प्राङ्गारिक मलको प्रयोग बढेकाले प्राङ्गारिक मल उत्पादन गरी अर्गानिक कृषि उपज बढाउने वडा कार्यालयको योजना रहेको छ । दुई अघि वर्षदेखि काठेखोला– ७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको छ भने आवश्यक उपकराण चलाउन विद्युतीकरण गरिएको छ ।

संघीय सरकारको रु.तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पु¥याइ सकेको हुँदा बनेका संरचनामा प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न थालिएको छ । काठेखोला गाउँपालिकाले उद्योग ग्रामका लागि रु. ५० करोडको डिपिआर बनाएको छ । अहिले निर्माण भइरहेको संरचनामा सञ्चालन गर्न सकिने स–साना उद्योगहरु सञ्चालनको योजना हामीसंग रहेको बताउदै वडा अध्इक्ष लामिछानेले पालिकाको औधिकग ग्राम भएपनि वडास्तरीय स–सना उद्योगहरु स्थापना गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले प्राङ्गारिक मल बनाउन थालेको औधोगिक ग्राममा चिया प्रशोधन समेत गरिने बताउनुभयो । अहिले रेशमा ३० हजार चियाका विरुवा उत्पादनका लागि हुर्किरहेका छन् भने पाँच हजार चियाका विरुवाले उत्पादन दिन थालिसकिएको छ । रेशमा चियाका विरुवा समेत उत्पादन भइरहेको छ ।
जंगल सफाई हुँने र जंगलको झाडीले मल समेत हुँने भएपछि यहाँका किसानलाई समेत उत्पादन संग जोड्न थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तृगत प्राङ्गारिक मल बनाउन खटिनुभएका स्थानीय भुमिश्वर थापाले बताउनुभयो ।

उहाँले आफूले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत अस्थायीरुपम रोजगारी पाएको बताउदै अहिले प्राङ्गारिक मल बनाउनेकार्यमा खटिएन पाउदा खुसी व्यक्त गर्नुभएको छ । युवालाई गाउँमै रोजगारी दिनका लागि औधोगिक ग्रामले ठूलो सहयोग मिल्ने उहाँको भनाई छ । तीन करोड बजेट मध्ये हाल सम्म रु. दुई करोड बजेट कार्यान्वयनमा गइसकेको छ ।

औद्योगिकग्राम निर्माण पश्चात् यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयलाई समेत पालिकाले प्रोत्साहन गर्ने छ । पहिलोपटक उद्योग ग्राममा उत्पादन हुँने दुई हजार ५०० केजी प्राङ्गारिक मल रेशका वडाबासी किसानलाई समेत सुपथ मुल्यमा प्रदान गरिने छ । पाङ्गारिक मल प्रयोग गरी उत्पादन गरिएको कृषि उपज अर्गानिक हुँने गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *