अखिल नेता शर्मा माथि स्ववियु सभापतिद्वारा दुव्र्यवहार

–आदर्श अनलाइन
धौलागिरि वहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनिस थापाले नेकपा निकट बिद्यार्थी संगठनका नेता जिवन शर्मालाई दुव्र्यवहार गरेका छन् ।
क्याम्पसमा विज्ञान संकायलाई कसरी अगाडी बढाउने भन्ने विषयमा आइतवार छलफल गर्न आयोजित कार्यक्रममा स्ववियु सभापति थापाले बैठकमा नबोलाइए पनि जर्बजस्त छिरेर अनावश्यक बखेडा झिकेको भन्दै अनेरास्वबियूका नेता शर्मा माथि क्याम्पस प्रमुख सहितका प्राध्यापकका अघि हातपात गरेका हुन् ।
हातपातबाट बिद्यार्थी नेता शर्माको दायाँ हात मर्केको छ । स्ववियु सभापति जस्तो जिम्मेवार व्यक्तिले क्याम्पस प्रशासनमै हातपातमा उत्रिनु दुखद भएको भन्दै अनेरास्वबियुले बिरोध जनाएको छ । अनेरास्वबियु बागलुङका नेता शेखर खड्काद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा स्ववियूको म्याद सकिएको अवस्थामा बिद्यार्थीका समस्या र संगठनको बिषयलाई लिएर प्रश्न उठाउदा सभापतिनै आक्रमणमा उत्रिनु बिडम्बना भएको भन्दै कारवाहीका माग गरिएको छ । संगठनले स्ववियुको कार्यकाल सकिएकाले खारेजीको समेत माग गरेको छ ।
यता, स्वतन्त्र बिद्यार्थी युनियनले पनि सोमवार प्रेस बिज्ञप्ती प्रकाशित गरि सामान्य घटनालाई नियोजित र भ्रामक बनाउन खोजिएको बताएको छ । स्ववियु सभापति मनिस थापाले बिज्ञप्ती प्रकाशित गरि क्याम्पसका बिषयमा सरोकारवा बिच छलफल चलिरहेका बेला पुगेर अपशव्द बोल्ने, टेबुल हान्ने जस्ता कार्य गर्न थालेपछि सामान्य प्रतिकार गरिएको बिषयलाई अनावश्यक रुपमा प्रचार गरिएको जनाउनुभएको छ ।
नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले पनि घटनाबारे बिज्ञप्ती जारी गर्दै संवाद र सहमतिबाटै घटनाको समाधान खोज्न आग्रह गरेको छ ।
धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले स्वबियु सभापति थापा र बिद्यार्थी नेता शर्माबिचमा केही अस्वभाविक गतिविधि र घटना भएको स्वीकार गर्नुभयो । अब दुवै पक्षलाई बोलाएर छलफलको माध्यमबाट समाधान प्रयास गरिने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *