गण्डकीमा १७० जनामा काेराेना संक्रमण पुष्टि

आदर्श अनलाइन, पोखरा

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १७० जनामा कोरोना संक्रमणा पुष्टि भएकाे छ । स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा कास्कीका ७३ सहित म्याग्दीका ७ जना, गाेरखाका ३० जना,  तनहुँका ६ जना,  स्याङ्जाका १५ जना र नवलपुरका ३९ जना गरी प्रदेशका ६ जिल्लामा गरी ८९ पुरुष तथा ८१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार २७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७६ हजार ७०३ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २९३ पुगेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *