जैमिनीमा उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम

आदर्श अनाइन, बागलुङ
नेपाल पत्रकार महासंघ, बागलुङको आयोजनामा जैमिनीमा तीन दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।

जैमिनी नगरपालिकाको सहयोग र समन्वयमा भएको तालिम मंगलवार नगरप्रमुख इन्द्रराज पौडेलले उद्घाटन गरे । उनले तालिम उद्घाटन गर्दै समाजलाई सुसूचित बनाउन पत्रकार जगतको भूमिका महत्वपूर्ण भएको बताए । साथै सत्यतथ्य समाचारले काम गरेकालाई प्रेरणा र नराम्रो गर्नेलाई कारवाहीको दायरामा समेत लैजाने उनको भनाइ थियो ।

तालिममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले पत्रकार समाजको ऐना भएकोले पत्रकारले जहिले पनि सत्यतथ्य खोजेर जनतालाई यथार्थता दिनुपर्ने बताए । उनले श्रोत उल्लेख गरेर समाचार लेख्नुपर्ने धारणा समेत राखे । नेपाल पत्रकार महासंघ, बागलुङका सचिव बिजय रानाको अध्यक्षता, सहसचिव तारानाथ आचार्यको संचालन र सदस्य सन्धया आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, वडा नं. १ का अध्यक्ष भूपेन्द्र थापा, वडा नंं ५ का अध्यक्ष गोपाल प्रसाद शर्माले पत्रकारिता तालिमले दक्ष जनशक्ती उत्पादन गर्ने र जैमिनीलाईपनि सूचनाको पहुँचमा पु¥याउने धारणा राखे ।

जैमिनी नगरभित्रका माध्यामिक तह संचालन भएका १८ बिद्यालयका दुइ दुइ जनाको दरले ३६ जना बिद्यार्थी सहभागि छन् । तालिममा नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुले सहजीकरण गर्ने कार्यक्रम रहेको रानाले जानकारी दिए । ग्रामीण क्षेत्रमा बसेर पनि सूचनाको पहुँच बिस्तार गर्ने तथा स्थानीय समाचारलाई जिल्ला र राष्ट्रिय तहका संचार माध्यममा समाचार पु¥याउने गरी तालिमबाट सहभागि उत्पादन हुने विश्वास लिइएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *