बागलुङको ताराखोला गाउँपालिकाद्धारा विद्युतिय भुक्तानी सेवा सुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङको ताराखोला गाउँपालिकाले विद्युतिय भुक्तानी सेवा सुरु गरेको छ । ताराखोला गाउँपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि विद्युतिय भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको गाउँपालिकाले बताएको छ । सिधै सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने भएको गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिनुभयो ।

सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाइ सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने छ । आर्थिक कारोबारको डे क्लोजिङ हुने भएकाले हिसाब गर्नमा समेत आर्थिक प्रशासन शाखाका कर्मचारीले विगतको जस्तो झन्झट व्यहोर्नु नपर्ने लेखा अधिकृत होबनाथ पौडेलले बताउनुभयो ।

कार्यालयमा चेक लिनका लागि दिनुपर्ने समय, बैंकमा लाईन बस्नुपर्ने बाध्यता र एउटै चेक नगदमा परिणत गर्ने बेलासम्मका झण्झट उपभोक्तालाई कमी भएको अधिकृत पौडेलले बताउनुभयो । स्थानीय तहको बजेट तर्जुमा लेखांकन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली मार्फत यो सेवा सञ्चालन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *