जनकल्याण आधारभूत विद्यालयमा एक शिक्षक एक ल्यापटप


आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिका–७ रेश स्थित जनकल्याण आधारभूत विद्यालयमा एक शिक्षक एक ल्यापटप कार्यक्रम लागू गरिएको छ ।

एक शिक्षक एक ल्यापट वितरण पछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले शिक्षक शिक्षिकाहरुले ल्यापटपको सही सदुपयोग गर्दै अध्यापन सामाग्री ल्यापटपकै माध्यमबाट तयार पार्न सुझाव दिनुभयो ।

कार्यक्रममा पूर्व वडा सदस्य मुक्तिराम थापा, जनप्रतिनिधि ढक बहादुर थापा, शिक्षिका टिका थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगतको रु. ६ लाख ५० हजार र काठेखोला गाउँपालिकाको आईसिटि कार्यक्रम अन्र्तगत ६ लाख ५० हजार गरी रु. १३ लाखको लागतमा १३ शिक्षकहरुलाई एक÷एक थान ल्यापटप र विद्यालयका लागि आवश्यक दुई थान प्रोजेक्टर र दुई थान प्रिन्टर खरिद गरिएको विद्यालयका प्रधानध्यापक थम्मन जिसीले जानकारी दिनुभयो ।

ल्यापटप वितरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षता, शिक्षक लक्ष्मण थापाको स्वागत तथा शिक्षक विष्णु गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *