यौन दुव्र्यवहार कसुरमा ६ वर्ष कैद सजाय

आदर्श अनलाइन, बागलुङ

छोरी नाता पर्ने १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा बरेङ गाउँपालिकाका ३५ वर्षीय पुरुषलाई ६ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस २५ गतेको अन्तिम आदेशले आरोपितलाई कैद सजायसँगै २० हजार रुपैयाँ क्षतीपूर्ती फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

२०७८ भदौ १७ गते बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले ०७८ कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कात्तिक २२ गते पक्राउ गरी मंसिर २१ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

तत्कालिन जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको मंसिर २२ गतेको आदेशले आरोपित पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *