नेपाल रेडक्रस सोसाईटी बागलुङका नवनिर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण

आदर्श अनलाइन, बागलुङ
नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका नवनिर्वाचित सभापति लगायत पदाधिकारी र सदस्यले पदभार ग्रहण गरेका छन् । गत माघ २७ र २८ गते बागलुङमा सम्पन्न अधिवेशन बाट निर्वाचित सभापति जगन्नाथ आचार्य लगायत पदाधीकारी र सदस्यहरुको आईतबार एक समारोहका बिच पदस्थापन गराईएको हो ।

निवर्तमान सभापति जब्वर बहादुर लामिछानेले वर्तमान सभापति जगन्नाथ आचार्य लाई र नवनिर्वाचित सभापति आचार्यले अन्य पदाधिकारी र सदस्य लाई पदस्थापन गराउनुभएको थियो । कार्यक्रममा निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमिति लाई माईनेट हस्तान्त्रण गरेको थियो ।

सो अवसरमा निवर्तमान सभापति जब्बर बहादुर लामिछाने र पूर्वसभापति विश्वनाथ रेग्मीले शुभकामना व्यक्त गर्दै मानविय भावना सहित जनताको जनताको सुखदुखमा काम गर्न आग्रह गर्नुभएको थियो ।यस्तै नवनिर्वाचित सभापति जगन्नाथ आचार्यले रेडक्रसको भुमिका र संस्थागत बिकासका लागि सबैसंग समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो । पदस्थापन पछि समितिको पहिलो बैठक सम्पन्न गरिएको मन्त्रि भवानीप्रसाद कँडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *