पुष्पाञ्जली ग्रामीण विकास केन्द्रको अध्यक्षमा गौतम

आदर्श अनलाइन, बागलुङ
पुष्पाञ्जली ग्रामीण विकास केन्द्र बागलुङ काठेखोला गाउँपालिका–२ भीमापोखरा बागलुङको अध्यक्षमा राजु गौतम चयन हुनुभएको छ । केन्द्रको अधिवेशनले गौतमको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिती चयन गरेको हो ।

समितिको उपाध्यक्षमा खिमबहादुर सुनार ‘मधु’, सचिवमा विमल शर्मा, सहसचिवमा मिना भण्डारी ‘जुना’ र कोषाध्यक्षमा विष्णु थापा चयन हुनुभएको छ । समितिको सदस्यमा सागर विक, शंकर विक, लक्ष्मी आले, अमृत पौडेल र गणेश पौडेल रहनुभएको भएको संस्थापक अध्यक्ष प्रेम केसीले जानकारी दिनुभयो । एक सदस्य समितिले पछि थप गर्ने छ ।

पुष्पाञ्जली ग्रामिण विकास केन्द्रले कलाको विकास, संरक्षण र प्रर्वद्धन, खेलकुदको लागि विगत लामो समय देखि निरन्तर रुपमा महाशिवरात्री मेला आयोजना गर्दै आएको छ । मेला आयोजनासँगै स्थानीय विकास निर्माणमा केन्द्रको सक्रिय सहभागीता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *