ताल बाराही मन्दिर पुनःनिर्माणका लागि क्षमा पूजा

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिका– ६ स्थित फेवा तालको बीचमा रहेको ताल बाराही भगवती मन्दिरको पुनःनिर्माणको लागि प्राण प्रतिष्ठासहित क्षमा पूजा गरिएको छ । सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पुजा सम्पन्न गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताउनुभयो । भुईंतला सहित तीनतले मन्दिर तिन इन्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछी मन्दिर ब्यवस्थापन समिति मन्दिरको पुन निर्माणमा जुटेको हो ।

तालबाराही देवीको मन्दिर पुननिर्माण गर्दा कही कतै भुलबस कुनै काम भएमा, देवी माताले विघंबाधा अडचन नगरुन र कसैलाई पनि नराम्रो नहोस भन्ने उदेश्यले पुजा गरिएको पंन्डित बिश्वेश्वर पोडेलले बताउनुभयो । मन्दिरमा स्थापित प्रतिमुर्तिमा भक्तजनहरुले पुर्जा अर्चना गर्ने र नित्य पुजा मन्दिरका पुजारीहरुले देवीको मुर्तिमा गर्ने उपाअध्यक्ष जुना अधिकारी बताउनुभयो ।

मन्दिर पुर्ननिर्माणका लागि करिब एक करोड पैतालिस लाख लाग्ने अनुमान गरिएको अध्यक्ष कुँवरले जानकारी दिदै नेपाल सरकारको “पुरातत्व विभाग” बाट पचिस लाख मात्र सहयोग दिने आश्वान आएकोले बाकी रकम प्रदेश र स्थानिय सरकार सहित भक्तजनहरुको सहयोगमा कलात्मक ढाचामा मन्दिर निर्माण सम्पन्न गर्ने योजना रहेका जानकारी दिनुभयो । यहि आउँदो फागुनको अन्तिम हप्ता आम वडा भेला गर्ने चैतको पहिलो हप्ता देखि मन्तिरको पुननिर्माण जुटने कुंवरले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *