पत्रकार पौडेलको स्मृतिमा ओम शान्तिमा श्रद्धान्जली सभा : उहाँको सपना पूरा गर्न लाग्नु पर्नेमा जोड

आदर्श अनलाइन, पोखरा
गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष पौडेलको ४५ दिनको पुण्य तिथीमा ब्रह््रकुमारी इश्वरीय विश्वविद्यालय पार्दी शाखा (ओम शान्ति) मा आयोजित श्रद्धान्जली सभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

पत्रकार पौडेलको स्मृतिमा आफुहरुले ४५ दिनको पुण्य तिथीमा श्रद्धान्जली सभाको आयोजना गरी उहाँको परिवारजनसंगै उक्त कार्यक्रम गरिएको ब्रह््रकुमारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखाकी संचालिका अप्सरा दिदीले बताउनु भयो । पत्रकार पौडेल पत्रकारिता क्षेत्र मात्र नभई सामाजिक क्षेत्र र विभिन्न संघ संस्थामा समेत उहाँले पुर्याएको योगदानको प्रशंसा गर्दै अप्सरा दीदीले उहाँको सपना पूरा गर्न सबै लाग्नु पर्नेमा जोड दिनु भयो । शोकलाई अब शक्तिमा बदल्दै अघि बढ्नुको विकल्प नभएको अप्सरा दीदीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले पत्रकार पौडेलको सपना पूरा गर्न उनको परिवारजनको साथमा आफुहरु जस्ता थुप्रै संघ संस्थाहरु तथा व्यक्तिहरु रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष, मञ्चका पूर्व सल्लाहकार पौडेलको स्मृतिमा स्थापना हुन लागेको उक्त अक्षयकोषमा मञ्चले प्रारम्भिक चरणमा १५ हजार सहयोग गर्ने घोषणा गरेको जनाउनुभयो ।

ओम शान्तिका दुर्गा पौडेलले पत्रकार पौडेलले देखाएको बाटो अवलम्बन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बिश्वबिद्यालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पौडेलको परिवारजन, पत्रकारको सहभागिता रहेको राधिका शर्मा कडेलले बताइन् । माघ १ गते पोखरामा एति एयरलायन्सको विमान दुर्घटनामा परी पत्रकार पौडेल, पत्रकार अनिल शाही, पाइलट कमल केसी सहित ७२ जनाको निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *