९३ प्रतिशत योजना सक्दै नगरपालिका


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले ९३ प्रतिशत योजना कार्यान्वयन भएको बताएको छ ।
चालु आर्थिक वर्षको बैशाख सम्म नगरपालिका भित्रका ९३ प्रतिशत योजना सम्झौताभै अधिकांश योजना कार्यान्वयको पक्षमा रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७९÷८० मा भौतिक पुर्वाधार तर्फ नगरपालिकामा कुल ६६० योजना मध्ये ६०९ योजना भई अधिकांश योजना कार्यान्वयन भइसकेको बताउनुभयो ।

सम्झौता भएका योजना मध्ये झण्डै ५५ प्रतिशत अर्थात ३३० योजना सम्पन्न भएको छ ।
नगरपालिकाले गत श्रावण देखी नै वडा तहमा योजना सम्झौता गरेर कार्यान्वयको पक्षलाई अगाडी बढाएपछि कार्यान्वयमा सहजता भएको थियो ।

मंसिर मसान्त भित्र सम्झौता भएका योजना कार्यान्वयन भइसकेका छन् । नगरपालिकाले आर्थिक विकास तर्फ कृषि विकास तर्फ जम्मा ६६.६६ प्रतिशत योजना सम्झौता गरेकोमा जम्मा २२.७२ प्रतिशत योजना सम्पन्न भएका छन । कुल ३३ वटा योजनामा ५ वटा मात्र सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको पशु विकास तर्फ १८ वटा योजनामा ६ वटा योजना, उद्यम विकास तर्फ ९ वटा योजनामा ४ वटा योजना र सहकारी तर्फ ६ वटा योजनामा ४ वटा योजना सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले जानकारी दिनुभयो ।
सामाजिक विकास तर्फ शिक्षामा ३४ वटा योजनामा २५ वटा सम्पन्न भएका छन् भने स्वास्थ्य तर्फ ३१ वटा योजनामा १४ वटा र महिला तथा बालबालिका जेष्ठ नागरिकमा १५ वटा योजना मध्ये जम्मा ३ वटा योजना सम्पन्न भएका छन् ।

नगरपालिकाले वित्तिय प्रगती तर्फ कुल बजेटको चालु तर्फ ६७.१८, पुँजीगत तर्फ ४७.११ र वित्तिय तर्फ ५५.४० प्रतिशत गरी जम्मा ५७.४३ प्रतिशत बजेट खर्च भएको कंडेलले जानकारी दिनुभयो ।
चालु वर्षमा असारे विकास रोक्ने र समयमा नै योजना सम्पन्न गर्ने उद्देश्यले नगरपालिकाले घुम्ती शिविर मार्फत वडा तहमै योजना सम्झौता गरेका थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *