जिम्माल बाको आँगनमा दिलिप र तारा श्रीसको ‘जुहारी’

आदर्श अनलाइन,काठमाडौं

कलाकार दिलिप कुमार श्रीस र भ्वाइस अफ नेपालबाट चर्चा कमाएका तारा श्रीसको आवाजमा स्वरबद्ध गीत ‘जुहारी’ सार्वजनिक भएको छ । अमेरिकालाई कर्मक्षेत्र बनाइरहेका दिलिपले हालै स्वदेश फिरेका बेला रेकर्ड गरेको गीत र म्युजिक भिडियो उनको युट्युव च्यानलमा सोमबार सार्वजनिक भएको हो ।
आउ खेलौ जुहारी
जिम्माल बाको आँगनीमा आउँ खेलौ जुहारी

गीत र म्युजिक भिडियोमा देश र परदेश हुनु पर्दाको बिबशता, प्रेम र रंगरसको कथा रहेको कलाकार दिलिप श्रीस बताउँछन् ।

‘आफ्नै बाध्यता बिबशताले परदेश भए पनि सानैदेखि गीत संगीत प्रतिको लगाव छुटेको छैन, कामधन्दामा व्यस्त भए पनि फुर्सदको समयमा तयार गरेर गुनगुनाएको गीत रेकर्ड गरेको हुँ’ श्रीसले भने, ‘पहिले धेरै लोकपप टाइपको गीत गाए, अहिले मौलिक लोकभाका टिप्ने प्रयास गरेको छु, आशा छ यस गीत र भिडियोलाई मन पराइ दिनुहुनेछ ।’

मौसम हिमालीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गायक दिलिप श्रीस सहित धुव्र हिमाली, लोकप्रिय मोडेल रोशनी कार्की, रञ्जना सारुको अभिनय छ ।

बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा ओखलेमा जन्मिएका दिलिपले यसअघि पनि पियारी लगायत थुप्रै गीत रेकर्ड गरेर सार्वजनिक गरिसकेका छन् ।

हेर्नुहाेस् भिडियाे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *