एनआरएन आइसीसी सचिव खगेन्द्र न्यौपानेलाई कतारमा स्वागत

आदर्श अनलाइन, दोहा कतार

गैर आवासीय नेपाली संघका सचिव खगेन्द्र न्यौपाने लाई कतारमा स्वागत सहित सम्मान गरिएको छ ।

मलेसियामा रहेर एनआरएनए अभियानको नेतृत्व गरि रहनुभएका न्यौपानेलाई एनसीसी कतारले शनिवार एक कार्यक्रमका बीच स्वागत गरेको हो ।

न्यौपानेलाई स्वागत गर्दै एनआरएनए आईसीसी उपाध्यक्ष आरके शर्मा, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, आइसिसी सचिव प्रवीण गुरुङ, आइसिसी सदस्य तेज कटुवाल, कुमार खड्का, पुर्व मानार्थ परिषद सदस्य विमल सुवेदी, शनि कुमार वली लगाएतले मध्यपुर्व र मलेसियाको श्रमिकहरुको मुद्दा एउटै रहेको भन्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँहरुले वैदेशिक रोजगारीमा आउने अत्यधिक श्रमिक मध्यपुर्व र मलेसियामा नै रहेकाले साझा मुद्दाको सुनुवाइ गर्न अबको नेतृत्व पनि यहीँ क्षेत्रले गर्नुपर्ने बताउनुभयो । सहभागीले प्रवासमा रहेका नेपालीको साझा सस्था एनआरएनएको नेतृत्व युरोप, अमेरीका, अस्टे्रलिया र जापानले पटकपटक गरिबसकेकोले सस्थालाई सबैको साझा बनाउनको लागि यसपाली मध्यपुर्वले नेतृत्व गर्न पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै आईसीसी सचिव खगेन्द्र न्यौपानेले कतार एनआरएनए अभियानको महत्वपूर्ण हिस्सा रहदै आएकोले यसपटक नेतृत्व पाउनुपर्ने बताउनुभयो ।

लामो समयको प्रयास पछि हालै मात्र समाजिक सुरक्षा कोष औपचारिक रुपमा शुरु भएको भन्दै अझै बाकी रहेका श्रमिकका मुद्दा स्थापित गर्नको लागि पनि यहि क्षेत्रले नेतृत्व गर्नुपर्ने बताउनुभयो । न्यौपानेले मध्य पुर्व र मलेसियालाई हालसम्म आइसिसी चुनावमा भोटरको रुपमा मात्रै प्रयोग गरिनु दुःखद रहेको भन्दै यसपटक सबै जना एक जुट भएर नेतृत्व लिनुपर्ने बताउनुभयो ।

एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन प्रवक्ता सन्तोष क्षत्रीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *