लक्ष्मण श्रीको नयाँ रोमान्टिक गीत सार्वजनिक

आदर्श सञ्चार, काठमाडौं

समाजसेवामा समेत सक्रिय कलाकार लक्ष्मण श्रीले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विगतका भन्दा भिन्न खोलको रोमान्टिक गीत ‘म तिम्रै डल्ले हो’ को म्यूजिक भिडियो शुक्रबार काठमाडौंमा एक विशेष समारोहका बिच सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार टीकाराम यात्री, ऋषि धमला लगायतले गायक लक्ष्मण श्रीको नयाँ गीत र सांगीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।

यस गीतमा चर्चित गायिका मिलन नेवारले श्रीलाई स्वरमा साथ दिएका छन् । विगतमा माया पिरतिमा पनि अलि सेन्टिमेन्टल खालको गीतहरु गरेकोमा अहिले भिन्न स्वादको रमाइलो गीत गरेको गायक लक्ष्मण श्री बताउँछन् । ‘अहिले डान्सिङ बिटको गीतको ट्रेन्ड छ, सबै पुस्तालाई मन पर्ने खालको गीत यसपटक गरेका छौ,’ श्रीले भने, ‘अवश्य श्रोता दर्शकले मन पारिदिनु हुनेछ भन्ने विश्वास लिएका छौ ।’

गायक श्रीका यसअघि मेरा हरेक सफलतामा ताली दिने मान्छे, ए अछुत बनाउने मान्छे, यो दिलमा नाम लेख्ने, हिमालको काखैमा (नौमति बाजा) लगायतका गीत म्युजिक नेपाल लगायत बिभिन्न युट्युव च्यानलबाट सार्वजनिक छन् । तर, यस गीतको म्युजिक भिडियो भने उनले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

लोकप्रिय सर्जक एक नारायण भण्डारीको शब्द तथा चर्चित संगीतकार आशिष अविरलको संगीत रहेको गीतको म्यूजिक भिडियो ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन कोरियोग्राफी गरेका हुन् । भिडियोमा गायक श्री, मोडेल स्मारिका ढकालसँगै ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य हेर्न सकिन्छ ।

भिडियो लिंक यहाँ छ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *