मालिकाका विद्यार्थीलाई नेतृत्व विकास तथा भाषण कला तालिम

रोहन जि.सी, बागलुङ

मालिका पूर्व विद्यार्थी मञ्चको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर ५, मालिकामा विद्यार्थीका लागि नेतृत्व विकास तथा भाषण कला तालिम मंगलबार सम्पन्न भएको छ।

कार्यक्रमको उद्‌घाटन पछि बोल्दै बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि प्रसाद शर्माले तालिम मार्फत विद्यार्थीको नेतृत्व तथा व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पर्नेमा जोड दिनुभयो । शर्माले तालिमबाट नयाँ नयाँ सिकाइको प्रयोग गर्नु आवश्यक रहेको र त्यस बारेमा विद्यार्थीले सिक्नु पर्ने, नेतृत्व र भाषणकलाले सिर्जनात्मक, सामाजिक क्रियाकलापमा सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा बगलुङ नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बलराम सापकोटा, जुना न्युरे, वडा नम्बर ६ का वडा सदस्य कृष्ण प्रसाद सापकोटा, तालिमका सहजकर्ता तथा बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारी, धौलागिरी बहुमुखी क्याम्पस‌का स्ववियु उपसभापति दिपक सुवेदी, स्ववियु कोषाध्यक्ष तथा मालिका पूर्व विद्यार्थी मञ्चका सदस्य सृष्टि आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

तालिम बागलुङ जेसीजका पूर्व अध्यक्ष तथा प्रशिक्षक सुदिप राजभण्डारीले सहजिकरण गर्नभएको थियो । तालिममा बागलुङ नगरपालिका वडा नम्बर ५ र ६ को मालिका माध्यमिक विद्यालय तथा लहरेपिपल माध्यमिक विद्यालयका २०० जना विद्यार्थीको सहभागिता रहेको मालिका पूर्व विद्यार्थी मञ्चका महासचिव आनन्द प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

तालिम मालिका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष जीवननाथ शर्माको अध्यक्षता, कोषाध्यक्ष बलराम सापकोटाको स्वागत तथा महासचिव आनन्द प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *