बेगको पहिचानका लागि ‘शिरफुल’ सार्वजनिक

आदर्श अनलाइन, म्याग्दी
रघुगंगा गाउँपालिका–१ बेगको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले बेगको शिरफुल म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा बेलायत पुगेर पनि आफ्नो जन्मस्थान बेगमा पूर्वाधार निर्माण तथा स्थानीय पहिचानको संरक्षणमा लाग्नु भएका तारा पुर्जा र नक्कु पुर्जाको लगानीमा स्थानिय संस्कृती संरक्षण र सम्वद्र्धन गर्नुका साथै मौलिकता जोगाउनका लागि उक्त भिडियो सार्वजनिक भएको हो ।

सालैजो (बेगको गाउँ) नामको उक्त गितको म्युजिक भिडियो नक्कु पुर्जाको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गगन पुन र लाली बुढाथोकीको स्वर रहेको उक्त गितको लय तथा शब्द संयोजन नक्कु पुर्जा र तारा पुर्जाले गर्नुभएको छ । एरेन्ज एलबि पुनको रहेको उक्त गितको रेकर्डीङ पुन डिजिटल लामाचौर पोखरामा भएको हो ।

नगेन पुर्जा, पुष्पा पुर्जा, नक्कु पुर्जा तथा मैना फगामीको अभिनय रहेको म्युजिक भिडियोमा टिपिकल नेपाली गितका साथै भेषभुष हेर्न पाइन्छ । छवि मगरले सम्पादन गर्नु भएको उक्त कृतिको निर्देशन मौसम पाइजाले गर्नुभएको थियो भने छायांकन कमल पुनले गर्नुभएको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ का तारा पुर्जा र नक्कु पुर्जाले लामो समय सम्म बेलायतमा रहनु भएको छ । विभिन्न कालखण्डमा बेलायती पहिचान लिनका लागि आएका अवसरहरुलाई पनि बेवास्ता गर्दै आउनु भएका उहाँले नेपाल र नेपाली अनि आफ्नो जन्मस्थान बेगको पहिचानलाई जोगाउँदै प्रचार प्रसार गर्ने कार्यमा पनि खट्दै आउनु भएको छ ।

उहाँकै अगुवाइमा गत वर्ष महादेव माध्यमिक विद्यालयमा पक्की संरचना निर्माण भएको थियो । बेलायतमा रहँदा पनि आफ्नो गाउँ र आफ्नो देशको मौलिकता र पहिचान जोगाउन प्रयास गर्दै आउनु भएका उहाँले अहिले आफ्नो गाउँको पहिचानका लागि म्युजिक भिडियो बनाएको जानकारी दिनुभयो ।

भिडियाे हेर्नुहाेस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *