मालढुङ्गा प्रवेशद्वारमा सवारीसाधन चेकजाँच


आदर्श अनलाइन, बागलुङ

दशैं नजिकिएसंगै मालढुङ्गा नाकामा सवारी साधनको चेकजाँचलाई कडाई गरिएको छ ।
दशैं तिहार नजिकिएसंगै यातयातका साधनमा हुँन सकने भीडभाड, बढी भाडा असुल्ने र मापसे गरेर सवारी चलाउने लगायतको गतिविधिलाई रोक्न बागलुङ जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गामा सोमबार जिल्ला स्तरीय अनुगमन समितिले मालढुङ्गामा छड्के रुपमा सवारी साधन चेकजाँच गरेको हो ।

चाडवाडको समयमा यात्रुबाट बढी भाडा असुलेको, क्षमता भन्दा बढी यात्रु बोकेको, मापसे गरेर सवारीसाधन चलाएको जस्ता गुनासोलाई न्यूनिकरण गर्दै दुर्घटना रहित चाडवाड गराउनका लागि सरप्राइज चेकिङ र छड्के चेकिङ गरिएको हो ।



बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, प्रहरी नायव उपरिक्षक मदन केसी, सशस्त्र प्रहरी नायव उपरिक्षक रविन अधिकारी, बागलुङ नगरपालिका, पत्रकार महासंघ बागलुङ, राष्ट्रिय उपभोक्ता मन्च, नागरिक समाज लगायतको सहभागितामा सवारीसाधन चेकजाँच गरिएको हो ।



चेक जाँचका क्रममा रातो नम्मर प्लेट भएको सवारीसाधनले यात्रु बोकेको, सवारी चालक अनुमती पत्र लाइसेन्स नभई सवारी साधन चलाएको, सवारीसाधनको नविकरण गुज्रेको फेला परेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *