मल्लाज बहुउद्देश्यीय सहकारीको स्थापना दिवसमा योग शिविर

आदर्श अनलाइन, पर्वत
मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जलजला गाउँपालिका–३, पर्वतको १७ औ स्थापन दिवस ३ दिने विविध कार्यक्रमका साथ मनाइदैछ । २०६४ पुस १७ गते डिभिजन सहकारी कार्यालय बागलुङमा संस्था दर्ता भएको दिनलाई संस्थाले स्थापना दिवसका रुपमा मनाउदै आएको छ ।

१७ औं स्थापना दिवसका अवसरमा पुस १७ गते पहिलो दिन शेयर सदस्यहरुका लागि योग शिविर सञ्चालन गरिएको थियो । योग शिविर अन्तरगत नवीन आनन्द योग केन्द्र म्याग्दी बेनीका सञ्चालिका कमल कुमारी पुनले योग सम्बन्धी जानकारी गराउनुका साथै सहभागीहरुलाई योग सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।

No description available.

योग शिविरमा संस्थाका ६५ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । योग शिविर कार्यक्रम संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीको अध्यक्षता, उपाध्यक्ष हिरा बहादुर जिसीको स्वागत र सचिव ओम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । स्थापना दिवसका अवसरमा दोस्रो दिन बुधवार महिला तथा पुरुष म्यूजिकल चियर र खुल्ला घैटो फोड प्रतियोगता सम्पन्न भएको थियो ।

महिला म्यूजिकल चियर प्रतियोगितामा शेयर सदस्यहरु पवित्रा भण्डारी प्रथम, कमला नेपाली द्वितिय र हिरा कुमारी खत्री तृतिय हुनु भएको थियो । पुरुष म्यूजिकल चियरतर्फ राजेन्द्र कार्की प्रथम, क्षेत्र बहादुर कार्र्की द्वितिय र अमर बहादुर कार्की तृतिय हुनु भएको थियो ।

यस्तै घैटोफोड प्रतियोगितामा इन्दिरा पौडेल प्रथम हुनु भएको थियो । प्रतियोगिताका विजयी शेयर सदस्यहरुलाई संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीसहित पदाधिकारीहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।

स्थापना दिवसका अवसरमा आयोजित तिन दिने कार्यक्रम अन्तरगत तेस्रो दिन बिहीवार शेयर सदस्य र सञ्चालकहरुका लागि सहकारी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।

No description available.

पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएका समस्याहरुको पहिचान, सहकारीमा आउन सक्ने समस्याहरुको समाधानका लागि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी र शेयर सदस्यहरुको भूमिका लगायत सहकारीको वित्तीय तथा संस्थागत विकासका लागि अपनाउनु पर्ने योजनाहरुका बारेमा सहजीकरण गरिने उहाँले बताउनुभयो ।

मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले जलजला गाउँपालिका वडा नं. ३ मा रहेको आफ्नै भवनबाट उपभोक्ता पसल सञ्चालन गरी शेयर सदस्य लगायत मल्लाजवासी जनतालाई सेवा उपलब्ध गराउदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *