नकआउट चरणको विजेता बन्दै बागलुङ एकता क्लब जिल्ला लिगमा छनौट

रोहन जि.सी, बागलुङ

बागलुङमा सञ्चालित जिल्ला फुटबल लिगअन्तर्गतको नकआउट चरण प्रतियोगिताको विजेता बन्दै बागलुङ एकता क्लब जिल्ला लिगमा छनौट भएको छ ।

शुक्रबार बाङेचौर खेल मैदान सम्पन्न नकआउट चरणको फाइनल खेलमा संयुक्त चार युवा क्लबलाई शुन्यका विरुद्ध ३ गोलको अन्तरले बागलुङ एकता क्लब जिल्ला लिगमा बढुवा भएको हो ।

एकता क्लबको लागि बरदान थापा र सन्दिप भण्डारीले महत्वपूर्ण योगदान गरे । खेलको २७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका बरदानले दोस्रो गोल गर्दै अग्रता तेब्बर बनाएका थिए । त्यसअघि ३० औं मिनेटमा सन्दिप भण्डारीले टोलीका लागि दोस्रो गोल गरेका थिए ।

तीन गोलले पछि परेपछि निराश बनेको संयुक्त चारले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि गोल भने सकेन । जिल्ला लिगमा बढुवाका लागि नकआउट चरणमा संयुक्त चार युवा क्लबसंगै तमान युवा क्लब, अमर आदर्श क्लब, आदर्श विद्यामन्दिर खेलकुद क्लब र बागलुङ एकता क्लबले प्रतिष्पर्धा गरेका थिए ।

जिल्ला लिग चरणका खेल भने बैशाख ३१ देखि जेठ ६ गतेसम्म सञ्चालन हुने जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिनुभयो । जिल्ला लिग फुटबल प्रतियोगितामा बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ(, पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाईटेड क्लबले प्रतिष्पर्धा गर्ने छन् ।

लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विधागत रुपमा पाँच खेलाडिलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । लिगका लागि अखिल नेपाल फुटबल संघबाट ७ लाख बजेट प्राप्त हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *