मल्लाज सहकारीको स्थापना दिवसमा सहकारी शिक्षा कार्यक्रम

आदर्श अनलाइन, पर्वत
मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जलजला गाउँपालिका–३, पर्वतको १७ औ स्थापना दिवस ३ दिने विविध कार्यक्रमका मनाइएको छ ।

स्थापना दिवसका अवसरमा आयोजित विविध कार्यक्रम अन्तरगत अन्तिम दिन पुस १९ गते सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुका लागि सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको संस्थागत विकाससंगै वित्तीय सक्षमताका लागि सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यहरुको भूमिकाका बारेमा सचेतना प्रदान गर्ने उद्देश्यका साथ तालिम कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सदस्यको सक्रियता, सञ्चालकको क्षमता प्रदर्शन र कर्मचारीको दक्षता वृद्धि गरी सहकारीलाई सदस्यमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो ।

No description available.

सहकारीहरुमा समस्या आउनुमा बाह्य थुप्रै कारणहरुसंगै आन्तरिक रुपमा सदस्यहरु नाफा र ब्याजमा केन्द्रीत हुने, सञ्चालकहरुले आफ्नो व्यक्तिगत फाइदाका लागि निर्णय गर्ने र कर्मचारीहरु जागिरका लागि मात्रै काम गर्ने जस्ता कारणहरु रहेको भन्दै उहाँले सहकारीलाई सदस्य केन्द्रित बनाउन सकेमा समस्या समाधान हुदै जाने बताउनुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष हिरा बहादुर जिसी, कोषाध्यक्ष रामचन्द्र कार्की र लेखा सुपरीवेक्षण समितिका संयोजक धनपती सुवेदीले संस्थाको समग्र अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हिरा बहादुर जिसीले गर्नु भएको थियो ।

२०६४ पुस १७ गते डिभिजन सहकारी कार्यालय बागलुङमा संस्था दर्ता भएको दिनलाई संस्थाले स्थापना दिवसका रुपमा मनाउदै आएको छ । १७ औं स्थापना दिवसका अवसरमा पुस १७ गते पहिलो दिन शेयर सदस्यहरुका लागि योग शिविर सञ्चालन गरिएको थियो ।

स्थापना दिवसका अवसरमा दोस्रो दिन १८ गते बुधवार महिला तथा पुरुष म्यूजिकल चियर र खुल्ला घैटो फोड प्रतियोगता सम्पन्न भएको थियो । संस्थाले मल्लामा सहकारी मार्ट सञ्चालन गर्नुका साथै कृषकहरुका लागि मल तथा बिउ वितरण, इन्टरनेट सेवा, रेमिट्यान्स, विभिन्न रिचार्ज सेवा, विद्युत महसुल संकलन, केरा खेती सञ्चालन, निर्माण इट्टा उत्पादन लगायतका काम गर्दै आएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *