सहसम्पादक पन्त सम्मानित

आदर्श अनलाइन, बागलुङ
आदर्श संचार सहकारीकी सहसम्पादक सिर्जना पन्त सम्मानित हुनु भएको छ । सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थाको नवौँ साधाधरणको अवसरमासहकारीले यस वर्षको ‘सिम्रिक कृषि पत्रकारिता पुरस्कार’ पत्रकारिता मार्फत सहकारी क्षेत्रमा योगदान पु¥याएको भन्दै पन्तलाई सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघका सह–सचिवसमेत रहनु भएकी पन्त १० वर्षदेखि बागलुङमा सक्रिय रुपमा पत्रकारिता गर्दै आउनु भएको छ । सहकारीले पन्तलाई नगद र सम्मान पत्रले सम्मान गरेको थियो ।

यसैगरी सहकारीले जेष्ठ शेयर सदस्य डिल्ली प्रसाद शर्मा, उत्कृष्ट कृषक काठेखोला गाउँपालिका ६ विहुँका कृष्ण प्रसाद कंडेल, असल ऋणी विनिता कुवँर, उत्कृष्ट बचतकर्ता गीतादेवी शर्मा र उत्कृष्ट कर्मचारी एलिजा शर्मा गौतमलाई सम्मान गरेको छ ।

साधारणसभा संस्थाका सचिव रमेश पौडेलको सञ्चालन लेखा तथा सुपरिवेक्षण समितिका संयोजक रिता शर्माको स्वागत र अध्यक्ष चूडामणि उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *