तमानखोला गाउँपालिका बिरुद्ध नागरिक आन्दोलित


आदर्श अनलाईन, बागलुङ

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले बागलुङ बजारमा निर्माणधीन विपि स्मृति भवनका लागि बजेट बिनियोजन भएपछि विरोध भएको छ ।

निर्माणधीन विपि स्मृति भवनका लागि पालिकाले कार्यक्षेत्र भन्दा बाहिर गएर रु. १४ लाख बिनियोजन भएको घटनामा तमानखोला गाउँपालिकाका नागरिक आन्दोलित भएका छन् ।

बागलुङको तमानखोला गाउँपालिकाले पार्टी कार्यालय बनाउन बजेट विनियोजन गरेको विरोधमा त्यहाँका माओवादी सर्मथक जनप्रतिनिधिले ताला लगाएका थिए । उक्त ताला छलफल बिनै खोलिएको भन्दै माघ ४ गते गरेको तालबन्दी प्रहरीको सहयोगमा फोडिएको थियो ।

छलफलबिना ताला खोलिएको भन्दै असन्तुष्ट पक्ष नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले त्यसयता दैनिकजसो गाउँपालिका घेराउ गर्दै कामकाज ठप्प पारेका छन् ।

२९ पुसमा बसेको तमानखोला गाउँपालिकाको गाउँसभाले बागलुङ नगरपालिकामा नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउन १४ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । विपी स्मृति भवनको नामबाट बागलुङ नगरपालिकामा कांग्रेसले बनाउन लागेको पार्टी कार्यालयलाई गाउँपालिकाबाट बजेट दिइएको भन्दै अहिले चर्को आलोजता भइरहेको छ ।

गाउँपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै विपि स्मृति भवन तमानखोलामै बनाउनेगरी बजेट बिनियोजन गरेको जनाएको छ । गाउँपालिकाले बहुमतको आडमा मनोमानी गरेको भन्दै अन्याय नसहने तमानखोला गाउँपालिका–४ का वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनुभयो ।

भवनका लागि छुट्याइएको बजेट फिर्ता गर्ने निर्णय नहुँदासम्म आफूहरुले आन्दोलन जारी राख्ने श्रीपालीले बताउनुभयो । उहाँले हाम्रो बिरोधमा एमाले र जनमोर्चाको समेत साथ रहेको बताउनुभयो ।

गाउँसभामा भवन निर्माणका लागि सहयोग गर्ने प्रस्ताव पेश भएपछि माओवादीका गाउँसभा सदस्यहरुले विरोध जनाएको भएपनि बहुमतको आधारमा पास गरिएको थियो । तमानखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित नेपाली कांग्रेसका २३ जना र माओवादी केन्द्रका ११ जना जनप्रतिनिधि छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *