एमाले म्याग्दीको नेतृत्व सर्वसहमतीमा टुङ्गियो


अमृत बास्कुने, म्याग्दी

नेकपा एमाले म्याग्दीको दशौं जिल्ला अधिवशेन अन्तरगत नयाँ नेतृत्वका लागि सर्वसहमती भएको छ । आज उम्मेदवारी दर्ता संगै सर्वसहमतीको प्रयास भएको थियो । तोकिएको समय भित्र अध्यक्ष पदमा बालकृष्ण सुवेदीको मात्र उमेदवारी परेपछि अन्य पदमा समेत सर्वसहमती गरिएको हो ।

अध्यक्षमा अन्य कसैको पनि उमेदवारी नपरेकाले अध्यक्षमा सुवेदी निर्विरोध निर्वाचत हुनु भएको छ । प्रमुख निर्वाचन अधिकृत बिबस क्षत्रीका अनुसार अन्य पदाधीकारीमा समेत नेतृत्व टुङ्गो लागेको हो ।

उम्मेदवारी दर्ताका क्रममा उपाध्यक्षमा २, सचिवमा २ र उपसचिवमा ४ जनाको उम्मेदवारी परेकोमा सबै पदाधीकारीमा उम्मेदवारी फिर्ता भएर एकल उम्मेदवारी कायम भएपछि सर्वसहमती भएको क्षत्रीले बताउनुभयो ।

एमाले जिल्ला उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, उप–सचिवमा सत प्रसाद रोका र खड्ग गिरी सर्वसहमतीमा निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षका सुरत केसीले, सचिवमा प्रेम बहादुर कार्कीले र उपसचिवमा नारायण जिसी, राम प्रसाद सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि सर्वसहमतीमा पदाधीकारी टुङ्गीएको हो । ७५ सदस्यीय जिल्ला कमिटी सदस्यमा युवा तर्फको मात्रै सदस्यहरुको टुङ्गो लाग्न बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *