एमाले म्याग्दीको अध्यक्षमा सुवेदी निर्विरोध, पदाधिकारीमा ८ जनाको उमेदवारी

अमृत बास्कुने, म्याग्दी

नेकपा एमाले म्याग्दीको दशांै जिल्ला अधिवशेन अन्तरगत नयाँ नेतृत्वका लागि उमेदवारी दर्ता सकिएको छ । तोकिएको समय भित्र अध्यक्ष पदमा बालकृष्ण सुवेदीको मात्र उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा एकल उमेदवारी परेको छ, अन्य कसैको पनि उमेदवारी नपरेकाले अध्यक्षमा सुवेदी निर्विरोध निर्वाचत हुनु भएको छ । निर्वाचन समितिले निर्विरोध निर्वाचित घोषणा गरिसकेको छैन ।

उपाध्यक्षमा २, सचिवमा २ र उपसचिवमा ४ जनाको परेको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्षका लागि सुरत केसी र प्रमोद श्रेष्ठ, सचिवमा थमसरा पुन र प्रेम बहादुर कार्कीको उमेदवारी दर्ता भएको छ ।

यस्तै उपसचिवमा नारायण जिसी, खड्ग गिरी, राम प्रसाद सुवेदी र सत प्रसाद रोकाको उमेदवारी परेको जनाइएको छ । पदाधिकारी सहित सबै पदमा सर्वसम्मत गराउने गरी छलफल भैरहेको नेताहरुले जनाएका छन् ।

त्यसैगरी भुगोल तर्फको बेनी नगरपालिकाबाट १४ जना, मंगला गाउँपालिकाबाट ८ जना, मालिका गाउँपालिबाट ६ जना, अन्नपुर्ण गाउँपालिकाबाट ६ जना, धवलागिरी गाउँपालिबाट ५ जना र रघुगंगा गाउँपालिकाबाट ४ जनाको उम्मेदवारी परेको छ । भूगोल तर्फ स्थानिय तहलाई तोकीएको कोटा अनुसारकै सहमतीका आधारमा स्थानिय तह स्तरमा उम्मेदवारको संख्या टुङ्ग्याएर मनोनयन दर्ता गरेको देखिएको छ ।

त्यस्तै दलित सदस्य तर्फ ५ जना, मजदुरबाट १ जना, अल्पसंख्यकबाट (मुस्लिम, छन्त्याल, थकाली) बाट २ जनाको उम्मेदवारी परेको छ । यी तीन वटै क्लस्टरबाट तोकीएको संख्यामै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

लेखा समितिको अध्यक्षमा एक जना र सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । लेखा समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ महिला सहित ४ सदस्य आवश्यक भए पनि अध्यक्ष र सदस्यका लागि मात्रै उम्मेदवारी परेको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत विवस क्षेत्रीले जानकारी दिनुभयो ।

युवा तर्फ ४ महिला सहित ११ जना सदस्य आवश्यक पदमा १६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विवस क्षेत्रीले जानकारी दिनुभयो । खुल्ला सदस्य तर्फ ८ जना सदस्य आवश्यक भएकोमा १२ जनाको उम्मेदवारी परेको छ ।

अधिकांश पदहरुमा सर्वसम्मत रुपमा उम्मेदवारी परेको भए पनि उपाध्यक्ष, सचिव र सहसचिवमा आवश्यक संख्या भन्दा बढी उम्मेदवारी परेको छ भने खुल्ला र युवा सदस्यहरुमा पनि आवश्यक भन्दा केही बढी उम्मेदवारी परेको निर्वाचन समितिले प्रकाशन गरेको प्रारम्भीक नामावलीमा देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *