म्याग्दीमा उत्साहकासाथ मनाइयो मगर एकता दिवस


आदर्श अनलाइन, म्याग्दी

म्याग्दीमा रहेका मगर समुदायले आफ्नो जातिय पहिचान झल्कने झाँकी सहित ४२ औं मगर दिवस मनाएका छन् । जातीय पहिचान झल्किने खालका भेषभूषासहित निकालीएको सांस्कृतिक झाँकीले बजार परिक्रमा पछि बेनी बजारकै वीरेन्द्र चोकको जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारीक कार्यक्रम भएको थियो ।

मगर समुदायको आफ्नो पहिचान झल्कने खालको मौलिक पोसाकमा सजिएका मगर समुदायका युवायुवतीले आफ्नो मौलीक तथा मगरहरुले बढी मात्रामा प्रयोग गर्ने गरेको लोपोन्मुख अवस्थामा रहेको सोरठी भाकामा गीत गाउँदै मादले–मारुनी नाच प्रदर्शन गर्दै बेनी बजार परिक्रमा गरेका थिए । सांस्कृतिक ¥यालीमा मगर समुदायका पाको पुस्ताका साथै युवायुवती र नयाँ पुस्ताको सहभागिता थियो ।

दिवसका अवसरमा भेषभूषासहितको ¥याली प्रदर्शनी तथा सोरठी, कौडा र सालैजो नाच प्रदर्शन गरिएको नेपाल मगर संघ म्याग्दीका अध्यक्ष लोकेश पुनमगरले बताउनुभयो । मगर एकता दिवसकोा अवसरमा निकालीएको झाँकीले मौलिक कला संस्कृतिको संरक्षणमा टेवा पु¥याउनुका साथै युवापुस्तामा संस्कृति हस्तान्तरणका लागि निकै महत्वपूर्र्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिको हलमा भएको औपचारीक कार्यक्रम भन्दाा पहिला बीरेन्द्रचोकबाट निस्केको झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा पुगेर शुरु भएको औपचारीक कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले गर्नुभएको थियो । कार्यक्रममा पूर्व मन्त्री नरदेवी पुन, अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुन लगायतको उपस्थिति रहेको थियो ।

मगर दिवसको अवसरमा नेपाल मगर संघ म्याग्दीले संस्थापक अध्यक्ष हेमबहादुर पुनमगर स्मृति अन्तरमावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको आयोजना गरेको मगर संघका जिल्ला सदस्य धनवहादुर रोकाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *